Breaking News

को हुन ?नेपाली काग्रेंस कालिकोटका सचिव नगेन्द्र विष्ट ?

Oct Fri 2021 07:27:26

324 views

को हुन ?नेपाली काग्रेंस कालिकोटका सचिव नगेन्द्र विष्ट ?

रुकुम योगी, कालिकोट-----

नेपाली काग्रेंस कालिकोटको सचिव पदमा नगेन्द्र विष्ट चयन भएका छन । २०५० साल देखि नेपाली काग्रेंसका विभिन्न स.गठनमा आवद्ध रहेर काम गर्दै आएका थिए । विष्ट २०५० सालमा नन्द माविका ईकाई कमिटि सदस्य भएका थिए ।

२०५५ सालमा नेविसंघका जिल्ला सदस्य भएका विष्ट २०६० सालमा कुमलगाउँ गाउँ कमिटिका सभापति भएका थिए । सभापति भएपछि साविकको कुमलगाउँ गाविसमा नेपाली काग्रेंस पार्टिलाई चलायमान राख्नका लागि र संगठन विस्तारमा समेत उनले उल्लेखनिय काम गरेका थिए । 

माओवादिको लालकिलला मानिएको र १० वर्ष जनयूद्धको समयमा समेत उनले नेपाली काग्रेंस पार्टिलाई जिवन्त राख्नका लागि महत्वपुर्ण काम गर्दै आएका थिए ।

२०६१ सालमा नेपाल विद्यार्थि संघका जिल्ला अध्यक्ष भएर विष्टले विदेयार्थिको हक  अधिकारका विषयमा विभिन्न विषयमा वकालत गरेका थिए ।

२०७२ सालको छैटौँ जिल्ला अधिवेसनमा पार्टि सचिववाट पराजित भएका विष्ट पार्टिको प्रबक्ता भएर ५ वर्ष पार्टिमा रहेर काम गरे । यस विचमा सामाजिक जागरण तथा विकास प्रतिष्ठान सादा नेपाल र रेडियो नेपाली आवाज एफ एममा समेत पत्रकारीता क्षेत्रमा काम गरेका थिए । संचारको पहुँच नपुगेको अवस्थामा उनले रेडियो मार्फत आम नागरिकहरुका गुनासो सरोकारवाला समक्ष पुगाउने काम गरेका थिए ।

उनले २ कार्यकाल प्रेस यूनियन कालिकोट अध्यक्ष समेर भएर खोज पत्रकारीतामा जोड दिदै स्वतन्त्र पत्रकारीता क्षेत्रका विशेष जोड दिएका थिए । 

अहिले पनि उनि गिरिजा प्रसाद कोईराला फाउण्डेसन कालिकोटका अध्यक्ष र टे«ड यूनियन कालिकोटको अध्यक्षमा रहिरहेका छन । जिल्लाको ७ औँ जिल्ला अधिवेसनवाट उनि सचिव पदमा सर्व सहमतिमा चयन भएका हुन । 

उनले सचिव पदमा चयन भईसपछि कालिकोटको ईतिहासमै पहिलोपटक मिलेर देखाएको बताएका छन । एकता सहितको संगठक विस्तार र सुदृढ गर्ने बताएका छन ।

उनले कोईराला पक्षधरको र अम्म बहादुर शाहीको नेतृत्वमा आएको नयाँ कार्य समितिले एकताको नारालाई आत्मसाथ गर्दै सबैलाई समेटेर अगाडि बढ्ने बताएका छन । उनले आगामी चुनावमा नेपाली काग्रेंस कालिकोटवाट निर्वाचित हुने पक्का गरेका छन ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर