Breaking News

नयाँ नेतृत्व पाएको एक हप्तामै फेर्यो नेपाली काग्रेंस कालिकोटले पार्टि कार्यालयमा राखेको झण्डा ।।

Oct Fri 2021 06:58:46

149 views

नयाँ नेतृत्व पाएको एक हप्तामै फेर्यो नेपाली काग्रेंस कालिकोटले पार्टि कार्यालयमा राखेको झण्डा ।।

रुकुम योगी, कालिकोट--

नेपाली काग्रेंस कालिकोटले आफ्नो पार्टि कार्यालयको झण्डा फेरेको छ । जिल्लाको ७ औँ अधिवेसन वाट निर्वाचित सभापति अम्म बहादुर शाहीको नेतृत्वमा रहेको जिल्ला कार्य समितिले शुक्रवार पार्टि कार्यालयमा राखेको झण्डा फेरेको छ । जिल्ला सभापतिमा निर्वाचित भएको एक हप्ता नवित्दै पार्टि सभापति शाहीले पार्टि कार्यालयमा रहेको पुरानो झण्डा फेरेर नयाँ झण्डा राख्नु भएको छ । 

पार्टि कार्यालयको झण्डा फेर्दै सभापति शाहीले जसरी कालिकोट काग्रेंसले वडा हुदै जिल्ला सम्म सर्व सहमतिले अधिवेसन सम्पन्न गर्यो त्यसरी नै आउने निर्वाचनमा काग्रेंसलाई विजय गराउने आफ्नो जिम्मेवारी थपिएको बताउनु भयो । 


जिल्लाको ७ औँ अधिवेसनमा वडा देखि जिल्ला सम्म सर्व सहमतिमै नेतृत्व चयन गर्नमा सहयोग गर्ने नेता कार्यकर्ताहरुलाई धन्यवाद समेत दिनुभएको छ । काग्रेंस कालिकोटका नेता कार्यकर्ताहरुको माया र सद्भाव रहेको बताउदै पार्टिको हित हुने गरी विभिन्न कार्यक्रम, निर्णय तथा समन्वय  गरेर अगाडी बढ्ने उपसभापति नन्द बहादुर शाहीले बताउनु भयो ।


पार्टि कार्यालयमा नयाँ राखिएको झण्डाले काग्रेंसमा थप हौषला र उर्जा मिल्ने कर्णाली प्रदेश महाधिवेसन प्रतिनिधि अशोक नाथ योगीले बताउनु भयो । पार्टि कार्यालयको झण्डा जस्तै अव कालिकोटमा नेपाली काग्रेंस नयाँ बनेर स्थापित हुने योगीले बताउनु भयो । उहाँले अव जिल्लाका ९ वटै पालिका र २ वटा प्रदेश निर्वाचन क्षेत्रमा पनि झण्डा फेरीने बताउनु भयो । 


उपसभापति नन्द बहादुर शाही, नेता मोतिराज बम, दमन शाही, कालि बहदुर विष्ट, टेकराज शाही, सदस्य हरिष वोगटि, लगायतका नेता कार्यकर्ताहरुको उपस्थितीमा पार्टि कार्यालयको झण्डा फेरीएको हो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर