Breaking News

बाजुरामा जिप दुर्घटना हुँदा ३ जना घाईते, एक जनालाई रिफर

Oct Fri 2021 01:52:54

296 views

बाजुरामा जिप दुर्घटना हुँदा ३ जना घाईते, एक जनालाई रिफर

रुकुम योगी, बाजुरा---

बाजुरामा पि दुर्घटना हुँदा ३ जना घाइते भएका छन ।सदरमुकाम मार्तडी बाट बडिमालिका  नगरपालिका वडा नम्बर ६ कोर्ध जान लागेको जीप दुर्घटना भएको छ । बा २१ च ४३२ नम्मरको जीप अनियन्त्रित भइ  दुर्घटना हुँदा शुक्रवार ३ जना घाइते भएका छन् ।


घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम थापा, डम्मर दानि र धन बहादुर थापा रहेका छन । ३ जना मध्य धनबहादुर थापालाइ गम्भिर चोट लागेको जनाएको छ ।


गम्भिर घाइते भएका थापालाइ जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएको भन्दै रिफर गरीएको जिल्ला  अस्पताल बाजुराले जनाएको छ  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर