रुकुम योगी कालिकोट — कालिकोट जिल्लाको नरहरीनाथ, शान्नि त्रिवेणी र रास्कोट नगरपालिका ४ हजार अति जोखिममा परेका ५ वर्ष मुनिका बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ ।
प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र सामाजिक जागरण तथा बिकास प्रतिष्ठान९सादा नेपाल० को सहजिकरणमा संचालित बाल प्रत्याभुत संचार ब्यबस्थापन कार्यक्रमको बिपन्न टुहुरा असाय फरक क्षमता भएका एस सि ५ बर्ष मुनिका बालबालिकालाई बलांकेट, ६ देखि १२ बर्षका बालबालिकालाई स्कुल झोला, कापी कलम, १३ देखि १४ बर्षका बालबालिकालाई हातमा समात्ने ब्यग, निल कटर, माक्स, साबुन, टर्च, सेनिटाईजर र बुरुष तुष्पेस्ट जस्ता सामग्री बितरण गरिएको सादा नेपालका स्पोन्सरसिप अफिसर पदम बहादुर विष्टले जानकारी दिएका छन ।
अफिसर विष्टका अनुसार नरहरिनाथ गाउँपालिकामा एक हजार ६८ जनारास्कोट नगरपालिकामा एक हजार तिन सय ८५ र सान्नीत्रिवेणी गाउँपालिकामा १ हजार ४ सय ८९ जना गरी जम्मा चारहजार बढी अति बिपन्न, आर्थिक अवस्था कमजोरका साथै अभिभावक बिहिन बालवालिकालाई शैक्षिक साम्रगी वितरण गरेको बताए ।
कार्यक्रम लागु भएका तिन वटा स्थानिय तहमा प्लानले विभिन्न समयमा विपद् तथा कोभिडका बेला राहत दिदै आएको प्लानले अहिले पनी बालवालिकालाई सहयोग गदै आइरहेको छ ।
सादा नेपालका कार्यकारी निर्देशक असोकनाथ योगीको उपस्थितिमा साम्रगी वितरण गरिएको विष्टले बताए ।