Breaking News

सहिद परिवारको सम्मान गर्दै कालिकोट काग्रेंसको सभापतिमा अम्म बहादुर शाही ।।

Oct Wed 2021 04:09:16

172 views

सहिद परिवारको सम्मान गर्दै कालिकोट काग्रेंसको सभापतिमा अम्म बहादुर शाही ।।


रुकुम योगी, कालिकोट---

नेपाली काग्रेंस कालिकोटको सभापतिमा वरिष्ठ नेता अम्म बहादुर शाही चयन हुनु भएको छ । नेपाली काग्रेंस कालिकोटको ७ औँ जिल्ला अधिवेसनले बरिष्ठ नेता शाहीलाई सभापतिमा चयन गरेको हो ।

१० वर्ष जनयूद्धको समयमा आफ्नो परिवारका सदस्हरु गुमाएर पनि नेपाली काग्रेंसको विजय र संगठन निर्माण तथा कालिकोट जिल्लामा काग्रेंसलाई जिबन्त राख्नका लागि राजनितीमा लागिरहनु भएका नेता शाहीलाई ७ औँ जिल्ला अधिवेसनले उहाँलाई सभापतिमा सर्व सहमति चयन गरेको हो ।

नेपाली काग्रेंस कालिकोटले सहिद परिवारहरुको सम्मान गर्नका लागि उहाँलाई सर्व सहमतिमै सभापति चयन गरेको नेपाली काग्रेंस कालिकोटले जनाएको छ । उहाँले १० वर्षको जनयूद्धमा समेत नेपाली काग्रेंस पार्टिलाई कालिकोटमा जिवन्त राख्नका लागि उहाँले खेलेको भुमिका र उहाँको धैर्यतालाई मध्यनजर गर्दै उहाँलाई ७ औँ जिल्ला अधिवेसनमा सभापति चयन गरिएको हो । 

यस्तै विगत देखि नेपाली काग्रेंस पार्टिलाई चलायमान राख्नका लागि , संगठन विस्तार देखि लिएर जन जनमा नेपाली काग्रेंस छ भन्ने कुरा नेपाली जनताहरुमा माझ पुगाउने नेता नन्द बहादुर शाही – घमनलाई पनि उपसभापतिमा चयन गरेको छ 

प्रदेश ख मा यूवा नेता अशोक नाथ योगीले आनन्द शाहीलाई र प्रदेश क मा नन्द बहादुर शाहीले नन्द शिह लाई सभापतिमा समर्थन जनायपछि जिल्लामा पनि सहमति भएको हो । 

निवर्तमान पार्टि  सभापति हर्ष बहादुर बमले वडा  पालिका र प्रदेश निर्बाचन क्षेत्रमा सहमतिमा नै नयाँ नेतृत्व चयन गर्नमा खेल्नु भयको भुमिकाले सार्थकता पाएको छ ।

सभापतिमा चयन हुनु भएका नेता अम्म बहादुर शाहीले अव नेपाली काग्रेंस कालिकोट जिल्लाको समृद्धि र विकासको काग्रेंस बन्ने घोषणा गर्नुभयो । उहाँले कालिकोटको विकास र निर्माणका लागि नेपाली काग्रेंस कालिकोट एकढिक्का भएर अगाडी बढ्ने समेत विश्वास ब्यक्त गर्नुभयो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर