Breaking News

कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान पुगाउने १५ स्वास्थ्यकर्मी सम्मानित, कोभिड हिरोमा भोजराज बम ।।

Oct Wed 2021 03:08:13

118 views

कोभिड नियन्त्रणमा महत्वपुर्ण योगदान पुगाउने १५ स्वास्थ्यकर्मी सम्मानित, कोभिड हिरोमा भोजराज बम ।।

रुकुम योगी, कालिकोट----

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि उल्लेखनिय भुमिका निर्वाह गर्ने कालिकोटका १५ जना स्वास्थ्यकर्मी सम्मानित भएका छन । आर्थिक वर्ष २०७७।०७८ को वार्षिक समिक्षा गोष्ठिमा उनिहरु सम्मान गरिएको छ । १५ जना स्वास्थ्यकर्मी मध्य सबै भन्दा राम्रो काम गर्ने रास्कोट अस्पतालका डाक्टर भोजराज बमलाई कोभिड हिरो समेत घोषित गरिएको छ ।

यस्तै सम्मानित हुनेमा खाडाचक्र नगरपालिका स्वास्थ्य शाखा प्रमुख रविन्द्र सेजुवाल, स्वास्थ्यकर्मी गमला शाही, रास्कोटका हंश बराल, पचालझरना गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विरेन्द्र संज्याल रहेका छन । कोरोना भाइृरस रोकथाम तथा नियन्त्रणका लागि उहाँहरुले आफ्नो स्वास्थ्य र जिवनको पर्वाह नगरि रातदिन कोरोना संक्रमितको उपचार र जनेचतनामा खटिएको भन्दै सम्मान गरिएको जनस्वास्थ्य अधिकृत कटक महतले बताएका छन ।

उहाँका अनुसार उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने कर्मचारीहरुमा महेश खत्री, लोकेन्द्र कार्कि र चन्दा शाही रहनु भएको छ । कोरोना जोखिम र संक्रमणलाई न्यूनिकरण गर्नका लागि पुगाएको योगदना उल्लेखनिय र प्रशसनिय रहेको भन्दै उनिहरुलाई सम्मान गरिएको प्रति प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले पनि खुसि ब्यक्त गनुृभएको छ ।

उहाँले नागरिकहरुको स्वास्थ्य सेवाका लागि पुगाएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि यसरी नै नागरिकहरुको स्वास्थ्य सेवामा खटिरहन आग्रह गर्नुभयो । साथै उहाँले यो सम्मानित कार्यक्रमले स्वास्थ्यकर्मीलाई तप उर्जा र हौषला मिल्ने बताउनु भयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर