Breaking News

कोल्टी वजारमा पनी यात्रु सहायत कक्ष संचालन ।।

Oct Sun 2021 12:16:27

118 views

कोल्टी वजारमा पनी यात्रु सहायत कक्ष संचालन ।।

रुकुम योगी, बाजरा-----

ईलाका प्रहरी कार्यालय कोल्टीले कोल्टी वजारमा सहायत कक्ष संचालनमा ल्याएको छ । दशैतिहार जस्ता चाडपर्वलाई लक्षित गरेर प्रहरीले यात्रु सहायता कक्ष स्थापना गरेको हो । दशैँ तिहार निजिकिएसँगै मानिसहरुको आवत जावत बढेसँगै कोल्टी विच वजारमा यात्रु सहायता कक्ष स्थापना गरिएको ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख तथा प्रहरी निरीक्षक देबेन्द्र राज जोशिले बताउनु भयो ।

यात्रुहरुलाई गन्तव्य पुर्याउन सहज होस भनेर यात्रु सहायता कक्ष स्थापना गरिएको जोशिले जानकारी दिनुभयो । दशैंको समयमा यात्रुहरुलाई हैरानी हुने भएकाले त्यस्तो नहोस भन्नका लागि सहायता कक्ष स्थापना गरिएका उहाँले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय बाजुराले दशैंतिहार बिशेष सुरक्षा योजना बनाएको र सोही अन्तर्गत यात्रु सहायता कक्ष स्थापना गरिएका उहाँले बताउनु भयो । दशैंको समयमा घर फर्किने बेला केही समस्या भएमा यात्रु सहायता कक्षमा सम्पर्क राख्न पनि प्रहरीले आग्रह गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर