Breaking News

दशैँको मुखैमा कोल्टी डिपोमा ४ सय कुईन्टल चामल पुग्यो ।।

Oct Sun 2021 09:13:43

200 views

दशैँको मुखैमा कोल्टी डिपोमा ४ सय कुईन्टल चामल पुग्यो ।।

रुकुम योगी, बाजुरा---

दशैँ नजिकिएसँगै कोल्टी डिपोमा चामल आईपुगेको छ । चामल सकिएको २ महिना वितेपछि आज कोल्टी डिपोमा चामल आईपुगेको हो । दशैँ र तिहारको मुख नेर चामल नपाउँदा निरास वनेका नागरिकहरु अव भने कोल्टी डिपोमा चामल पुगेपछि खुसि भएका छन ।

कोल्टी डिपोका लागि चामल ढुवानिको जिम्मा लिएको सुचदेवि अर्डर सप्लायर्सले चामल ढुवानि गरेर आज कोल्टी डिपोमा पुगाएको छ । खाद्य डिपो र सप्लायर्स विच कार्तिक वाट चामल ढुवानि गर्ने सम्झौता भएको भएपनि दशैँको मुखमा चामलको हाहाकार भएको भन्दै सप्लायर्सले दशैँ अगाडी नै चामल ढुवानि गरेर कोल्टीमा पुगाएको हो ।

साफे मार्तडी, कार्तडी कोल्टी सडक खण्डवाट चामल ढुवानि गर्न समस्या भएपछि कर्णाली करिडोवार वाट चामल ढुवानि गरेर कोल्टी डिपोमा पुगाएको सुचदेवि अर्डर सप्लायर्सका प्रो. नन्द महताराले बताउनु भयो । उहाँले यहाँका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै आफ्नो घाटाको मुल्यांकन नगरि चामल ढुवानि गरेको महताराले बताउनु भयो । उहाँले भन्नुभयो, विभिन्न ठाउँमा गएको पहिरो राम्रो सँग पन्छाएको छैन । पानि परिरहेको भएपनि विभिन्न समस्यालाई झेल्दै कोल्टी सम्म चामल ढुवानि गरेको हुँ ।

यहाँका नागरिकहरुको माग सुन्दा र दशैँको मुखमा पनि चामल नपाउने नागरिकहरुको गुनासो सुन्दा आफुले जोखिम मोलेर भएपनि चामल ढुवानि गरेर कोल्टी डिपोमा पुगाएको हो । अहिले ४ सय कुईन्टल ५० केजि चामल ढुवानि गरेको उहाँले बताउनु भयो । आफ्नो सम्झौता अनुसार कार्तिक महिना पछि चामल ढुवानि गर्ने रहेको भएपनि नागरिकहरुलाई थोरै भएपनि राहत पुगोस भनेर विभिन्न वाधाहरुका विचमा जोखिम मोलेर चामल ढुवानि गरेको महताराले बताउनु भयो ।

कोल्टी डिपोमा चामल पुगेपछि डिपो कार्यालयले तत्काल सर्वसधारणहरुलाई चामल वितरण गर्ने जनाएको छ । सम्झौता अगावै विभिन्न समस्याहरुलाई मध्यनजर गर्दै चामल ढुवानि गर्ने ठेकेदारलाई कोल्टी डिपो धन्यवाद प्रकट गरेको छ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर