Breaking News

नेकपा एमाले विधान महाधिवेशन सुरु ..

Oct Fri 2021 01:54:10

70 views

नेकपा एमाले विधान महाधिवेशन सुरु ..

काठमाडौँ --नेकपा एमालेले विधान महाधिवेशन सुरु भएको छ । ललितपुरको गोदावरीमा आज सुरु  महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।


एमालेले पहिलो पटक विधान महाधिवेशन गरेको हो । यसअघि राष्ट्रिय महाधिवेशनबाट नीति र नेतृत्व टुंगो लगाउने गरिएको थियो । झण्डै ६ हजार सहभागी विधान महाधिवेशनमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठनिक र उपमहासचिव विष्णु पौडेलको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । 


यसैबीच नेकपा एमालेमा अब पोलिटव्यूरो कमिटी नरहने भएको छ । केन्द्रीय कमिटीपछि स्थायी कमिटी रहनेछ । अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू सदस्य रहेको केन्द्रीय सचिवालय गठन हुने व्यवस्था विधानमा प्रस्ताव गरिएको छ । अध्यक्ष, ५ उपाध्यक्ष, महासचिव र ६ जना सचिव रहेको सचिवालय अब एमालेमा शक्तिशाली निकाय बन्ने देखिएको छ ।


त्यस्तै महासचिवको नेतृत्वमा सचिवहरू रहेको केन्द्रीय कार्यालय रहने भएको छ । एमालेले बढीमा ४१ सदस्यीय स्थायी कमिटी गठन गर्ने प्रस्ताव विधानमा गरेको छ । विधान महाधिवेशनमा प्रस्तुत मस्यौदामा केन्द्रीय सदस्य हुन कम्तीमा १५ वर्ष पार्टी सदस्य हुनुपर्ने व्यवस्था समेत राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर