Breaking News

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खाँडाचक्र नगर कमिटको प्रशिक्षण कार्यक्रम सम्पन्न

Sep Tue 2021 12:57:25

213 views

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खाँडाचक्र नगर कमिटको प्रशिक्षण कार्यक्रम सम्पन्न

रुकुम योगी, कालिकोट--


नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खाँडाचक्र नगर कमिटको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  धनलाल अधिकारीको अध्यक्षतामा भएको कायृक्रमको प्मुख अतिथि  प्रमुख अतिथिमा कर्णाली प्रदेश मुख्य मन्त्री ज्यु महेन्द्र बहादुर शाही रहनु भएको थियो भने विशेष अतिथि पार्टि अध्यक्ष धन्जित शाही रहनु भएको थियो ।

यस्तै नेताहरु लक्ष्मी प्रसाद चौलागाई शैलेन्द्र, खेम शिङ , गणेश शाही ,गणेश शाही लगायतका होनहार कमरेडहरुको उस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएके छ। नेकपा एमाले बाट ५५, रा।प।पा बाट ३ जना र राष्ट्रिय जनमोर्चा बाट १ माओवादी केन्द्रमा प्रवेश गरेका छन। पार्टिमा प्रवेस गरेकालाई मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले फुलमाला लगाएर स्वागत गरेका छन ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्रि शाहीले नेकपा माओवादी केन्द्रले आफ्नो संगठन विस्तार गर्नका लागि वटा टोल सम्म पार्टिलाई वलियो वनाउनका लागि सबैले लाग्नु पर्ने बताए । उनले कालिकोटको विकास र समृद्धि केवल माओवादी केन्द्रले मात्र गर्न सक्ने बताएका छन । उनले अव नेकपा माओवादी केन्द्रले जनतामुखि विकासमा ध्यान दिन जनप्रतिनिधिलाई आग्रह गरेका छन ।

यस्तै पार्टि अध्यक्ष धनजित शाहीले वडा तह देखि केन्द्र सम्म नै अव माओवादि केन्द्र पहिलो पार्टि बन्ने बताएका छन । उनले १० वर्ष जनयूद्धको उपलब्धी आज नेपाली जनताले केहि अनुभुति गर्न नसकेको भएपनि अव नेकपा माओवादी केन्द्र सरकारमा गएर देशको विकास समृद्धिको यात्रा तय गर्ने बताएका छन ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर