Breaking News

नेपाली काग्रेंस बाजुराको पालिका अधिवेसनमा महिलाको नेतृत्व शुन्य ।।

Sep Tue 2021 12:43:57

65 views

नेपाली काग्रेंस बाजुराको पालिका अधिवेसनमा महिलाको नेतृत्व शुन्य ।।


रुकुम योगी, बाजुरा--

नेपाली काग्रेंसले बाजुरा जिल्लाका ९ वटै पालिकाको अधिवेसन सम्पन्न गरेको छ । त्रिवेणी नगरपालिका वाहेक अन्य ८ वटा पालिकामा सर्वसहमतिमै नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका ९ वटै पालिकामा महिलाको नेतृत्व शुन्य रहेको छ । ९ वटै पालिकाको सभापतिमा पुरुष चयन भएका छन । कुनै पनि पालिकामा महिला सभापति भएकी छैनन् ।

नेपाली काग्रेंसको नारा, सबै अट्ने काग्रेंस सबै जोड्ने ग्रेंस भन्ने नारा नारामै सिमित भएको छ । ९ वटा पालिका मध्य एउटा पनि पालिकामा महिला सभापति नहुनुले नेपाली काग्रेंसको पालिका अधिवेसनमा महिलाको नेतृत्व शुन्य देखिएको हो । नेपाली काग्रेंसकी एक महिला नेतृले आफ्नो नाम नबताउने शर्तमा नेपाली काग्रेंसमा पालिका अधिवेसनमा पुरुष नै पदको लागि हानथान गरेपछि महिलाले सभापतिमा उम्मेदवारी नदिएको बताउनु भयो ।

उहाँले, एक त पुरुषले महिलालाई मुख्य जिम्मेवारी नदिने त्यसमाथि पनि पुरुष नै पदका लागि हानथाप गरेपछि महिलालाई नेतृत्व नदिने देखिएपछि नेतृत्वमा दावि नगरेको उहाँले बताउनु भयो । बाजुरा जिल्लाका २ वटा प्रदेश र जिल्लामा पनि मुख्य नेतृत्वमा महिला नआउने देखिएको छ । पुरुषले मात्र जिल्ला र प्रदेशको सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन ।

महिलालाई पुरानै शैलिमा नयाँ नेतृत्वका लागि अवसर नदिने गरेको कतिपयले बताउने गरेका छन । पुरुषहरुनै पदका लागि एक आपसमा लडिरहदा पनि महिलाले नेतृत्वमा लागि उम्मेदावरी नदिएको महिला नेतृहरुले बताएकी छन । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर