Breaking News

नेपाली काग्रेंस प्रदेश क वाजुराको अधिवेसन उद्घाटन, नेपाली काग्रेंसको विधान सर्वाेकृष्ट विधान रहेको नेता पाण्डेको दावि ।।

Sep Tue 2021 12:40:39

71 views

नेपाली काग्रेंस प्रदेश क वाजुराको अधिवेसन उद्घाटन, नेपाली काग्रेंसको विधान सर्वाेकृष्ट विधान रहेको नेता पाण्डेको दावि ।।


रकुम योगी, बाजुरा--

नेपाली काग्रेंसको १४ औँ महाधिवेसन तथा ७ औँ जिल्ला अधिवेसन चलिरहेको वेला वडा र पालिकाको अधिवेसन पश्चात आजवाट प्रदेशको अधिवेसन सुरु भएको छ । नेपाली काग्रेंस बाजुरा प्रदेश क को अधिवेसन आज एक कायृक्रमका विच उद्घाटन गरिएको । बुढीनन्दा नगरपालिकाका कोल्टी वजारमा वजार र्याली सहित प्रदेश क को अधिवेसन उद्घाटन गरिएको छ ।

प्रदेश क का सभापति गोविन्द् बहादुर मल्लको अध्यक्षतामा भएको उद्घाटन अधिवेसनको प्रमुख अतिथि नेपाली काग्रेंसका केन्द्रीय सदस्य बद्री पाण्डे रहनु भएको थियो भने, विशिष्ट अतिथि पुर्व भुमि सुधार सहायक मन्त्रि जनक राज गिरी रहनु भएको थियो । नेपाली काग्रेस जिल्ला कार्य समितिका पदाधिकारी, कोल्टी क्षेत्रका ४ वटेै पालिकाका नव निर्वाचित पालिकाका सभापति नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रीय सदस्य बद्री पाण्डले नेपाली काग्रेंसको विधान अन्य पार्टिको भन्दा सर्वोत्कृष्ट रहेको दावि गर्नुभएको छ । उहाँले नेपालको संविधान अनुसार नेपाली काग्रेंसको पार्टिको विधान बनाएको बताउनु भयो । उहाँले नेपाली काग्रेंसको १४ औँ महाधिवेसनले पार्टि भित्रको असन्तुष्टि, विवाद, र गुट उपगुटको अन्त्य हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नेपाली काग्रेंसको प्रतेक महाधिवेसनले नेपाली काग्रेंसमा नयाँ जोश र नयाँ योजना ल्याउने बताउदै यो १४ औँ महाधिवेसनले पनि नेपाली काग्र्रेंसमा आमुल परिवर्तन ल्याउने बताउनु भयो । उहाँले प्रदेश क को सभापतिमा सके सम्म सर्व सहमतिमै पदाधिकारी चयन गर्ने तयारी भईरहेको बताउनु भयो । उहाँले लोकतान्त्रि पार्टिमा चुनाव स्वभाविक भएको बताउदै उहाँले पालिका तथा प्रदेश र जिल्लामा चुनाव भएपनि नेपाली काग्रेंस पार्टिलाई कमजोर वन्ने कुरामा विश्वास नगर्न समेत आग्रह गर्नुभएको छ ।

कार्यक्रमका विशिष्ट अतिथि पुर्व भुमि सुधार सहायक मन्त्रि जनक राज गिरीले जिल्लाको ७ औँ अधिवेसनले नयाँ नेतृत्व पाउनुका साथै नेपाली काग्रेंस नयाँ ढंगले अगाडी बढ्ने बताउनु भयो । उहाँले पार्टि भित्र गुट उपगुट स्वभाविक हुने बताउर्दै यसले सिंगो पार्टिलाई कुनै असर नपार्ने बताउनु भयो । उहाँले नेपाली काग्रेंस प्रदेश क का ४ वटै पालिकामा सर्वसहमत नेतृत्व भयन गर्न सफल रहेको बताउदै अव प्रदेशको पनि सर्वसहमतिमै नयाँ नेतृत्व चयन गर्ने बताउनु भएको छ ।

कार्यक्रमका अध्यक्ष गोविन्द्र बहादुर मल्लले, नेपाली काग्रेंसको १४ महाधिवेसन तथा ७ औँ जिल्ला अधिवेसन पछि नेपाली काग्रेंस पार्टि थप वलियो बन्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले नयाँ नेतृत्वले नयाँ योजना ल्याएर नेपाली काग्रेंसलाई बलियो बनाउनेका विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रमको संचालन नेपाली काग्रेंस बाजुराका कोषाध्यक्ष नारायण पाध्यायले गर्नुभएको थियो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर