Breaking News

दशैँ नजिकीएसँगै विभिन्न ठाउँमा गएको पहिरो पन्छाउँदै जगन्नाथ गाउँपालिका ।।

Sep Sun 2021 12:00:39

63 views

दशैँ नजिकीएसँगै विभिन्न ठाउँमा गएको पहिरो पन्छाउँदै जगन्नाथ गाउँपालिका ।।


रुकुम योगी, बाजुरा

दशैँ तिहार नजिकीएसँगै जगन्नाथ गाउँपालिकाले पालिका भित्रका सडकहरु मर्मत गर्न सुरु गरेको छ । वर्खाको समयमा विभिन्न ठाउँमा भत्किएका सडकहरु स्काभेटर लगाएर सडक मर्मत कार्य सुरु गरेको छ ।

नागरिकहरुलाई आवत जावतमा सहज होस भनेर र दशैँ तिहारमा प्रतेक टोल सम्म गाडि पुगाउनका लागि सडक मर्मत कार्य सुरु गरिएको गाउँपालिकाका सुचना अधिकारी राजेन्द्र जोशिले बताउनु भयो । पीलुचौर वाट जगन्नाथ गाउँपालिका वडा नं. १ र २ सम्म जोड्ने सडक अन्तर्गत विभिन्न ठाउँमा गएको पहिरो स्काभेटरले पन्छाएको छ ।

शनिवार वाट गाउँपालिका भित्रका सडकहरुमा गएको पहिरो पन्छाउने काम सुरु गरेको सुचना अधिकारी जैशिले बताउनु भयो । उहाँका अनुसार दशैँ तिहारमा सहज तरिकाले आफ्नो घर सम्म जानका लागि र वजार सम्म आएर सामान किन्न लागि सहज होस भनेर तत्काल सडक सुचारु गर्न थालेको जैशिले बताउनु भयो ।

विभिन्न ठाउँमा गएको पहिरोका कारण सडक अवरुद्ध बनेको थियो । स्काभेटरले सडक मर्मत गरेपछि अव नियमित गाडि चल्ने जैशिले बताउनु भयो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर