Breaking News

नेकपा एमाले विचारले भन्दा स्वार्थले फुटेको बुढीनन्दा नगर कमिटिका ईन्चार्ज रोकायाको भनाई ।।

Sep Sun 2021 11:02:18

291 views

नेकपा एमाले विचारले भन्दा स्वार्थले फुटेको बुढीनन्दा नगर कमिटिका ईन्चार्ज रोकायाको भनाई ।।


रुकुम योगी, बाजुरा--

नेकपा एमाले बुढीनन्दा नगर कमिटिका ईन्चार्ज राजन कुमार रोकायाले नेकपा एमाले विचारले भन्दा स्वार्थले फुटेको टिप्पणी गर्नुभएको छ । उहाँले नेकपा एमाले पार्टिमा रहेर केहि स्वार्थ पुरा गर्न नसकेका र पदलोभिहरु नेकपा एमालेवाट चोईटिएर गएको बताउनु भयो । उहाँले नेकपा एमाले विभाजन भएपछि नेकपा एमाले थप वलियो बनेको यूवा नेता रोकायाले बताउनु भयो ।

नेकपा एमालेमा हिजो देखि विकास देख्न नचाहाने र स्वार्थका लागि मात्र राजनितिमा लागेका केहि ब्यक्तिहरु नेकपा एमालेवाट चाईटिएर गएको र यसले नेकपा एमालेलाई थप बलियो बनाएको रोकायाले बताउनु भयो । हिजो तिनै नेताका कारण , तिनिहरुकै स्वार्थका कारण नेकपा एमालेले केहि ठाउँमा चुनावमा हार ब्यहोर्नु परको उल्लेख गर्दै अव नेकपा एमाले देशको पहिलो पार्टि बन्ने दावि गर्नुभयो ।

बुढीनन्दा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष समेत हरनु भएको नेता रोकायाले नेकपा एमालेले चुनाव जितेका वडा तथा पालिकामा जनतामुखि विकास भएको उल्लेख गर्नुभयो । अन्य पार्टिको जितेका चुनाव क्षेत्रमा आफुखुसि विकास भएको उल्लेख गर्दै उहाँले नेकपा एमालेले जनताको भावना र मर्म अनुसार विकास गरेको उल्लेख गर्नुभयो । उहाँले बुढीनन्दा नगरपालिकामा पनि नेकपा एमालेले जितेका वडाहरु उल्लेखनिय, जनताको भावना अनुरुप जनतामुखि विकास भएको दावि गर्नुभयो ।

उहाँले नगरपालिकाका सबै भन्दा विकट वडा नं. ४ रहेकोमा आफु निर्वाचित भएर आईसकेपछि अहिले वडा नं. विकासको गतिमा लम्केको बताउनु भयो । वडा नं. ४ का नागरिकहरु विगत लामो समयदेखि संचार क्षेत्रवाट वञ्चित रहेको उल्लेख गर्दै स्थानिय तहको निर्वाचन पश्चात वडा नं. ४ लाई संचार क्षेत्रका जोड्न सफल भएको बताउनु भयो । उहाँले वडा नं. ४ का प्रयटकिय स्थलहरुको संरक्षण र प्रयटककीय स्थलहरुको विकासका लागि सिमचौरमा पार्कको ब्यबस्था गरिने बताउनु भयो । आफ्नो कार्यकाल भित्र वडा नं. ४ को सिमचौरमा गाडि पुगाएर पार्क स्थापना गरिसक्ने बताउनु भयो ।

उहाँले चनावको वेला जारि गरिएको घोषणा पत्रका हरेक बुँदाहरु अक्षरस पालना भएको उहाँले बताउनु भयो । उहाँले केहि कामहरु निर्माण सम्पन्न भएको र केहि कामहरु निर्माण प्रक्रियामा रहेको उल्लेख गर्नुभयो । उहाँले अव नेकपा एमालेको सरकार हुँदा गरेका विकास र जनप्रतिनिधिले गरेका विकासहरु अव जनतामाझ प्रश्तुत गर्ने बताउनु भयो । उहाँले कुन पार्टिले कति विकास गर्यो भन्ने कुरा अव जनताले नै मल्यांकन गर्ने उल्लेख गर्दै अव नेकपा एमाले बुढीनन्दा नगर कमिटिले जनता भेटघाट कार्यक्रम संचालन गर्ने समेत बताउनु भयो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर