Breaking News

नेपाली काग्रेंस प्रदेश ख को सभापतिमा योगीको उम्मेदवारी सर्ब सम्मतको तयारी ।।

Sep Fri 2021 11:01:48

236 views

नेपाली काग्रेंस प्रदेश ख को सभापतिमा योगीको उम्मेदवारी सर्ब सम्मतको तयारी ।।

रुकुम योगी, कालिकोट-

नेपाली काग्रेंसको १४ औँ महाधिवेसन तथा कालिकोटको ७ औँ जिल्ला अधिवेसनको तयारी तिव्र रुपमा भईरहेको छ । कालिकोट जिल्लाका सवै वडामा वडाको नेतृत्व सर्व सहमतिमा चयन गरिएको छ । पालिकामा समेत सर्ब सम्मतको तयारी भैरहेको छ । पालिका, प्रदेश र जिल्लाको अधिवेशनको मिति नजिकिदै गर्दा विभिन्न पदमा विभिन्न ब्यक्तिले आफ्नो उम्मेदवारी दिने क्रम चलिरहेको  छ । 

प्रदेश ख को सभापतिमा नेता अशोक नाथ योगीले सभापतिमा उम्मेदवारी दिने बताएका छन । कालिकोट जिल्लाको कठिन अबस्थामा नेपाल बिधार्थी संघको संस्थापक तथा पुर्ब अध्यक्ष समेत भै सकेका योगी राजनितीका साथ साथै लामो समय संचार,मानबअधिकार र सामाजिक बिकासको अभियानमा समेत अगुवाई गरेका योगी सामाजिक संस्थाहरुको छाता संस्था प्रजातान्त्रिक गैह्रसरकारी संस्था महासंघको केन्द्रिय सदस्य,मध्यपश्चिम इन्चार्ज हुदै हाल केन्द्रिय उपाध्यक्ष समेत रहेका योगी राष्टिय स्तरका बिभिन्न संजालहरुमा नेतृत्वदायी भुमिका निर्बाह गर्दै आएका एक सफल स्पष्ट र प्रखर बक्ताका रुपमा समेत परिचित योगी रेडियो नेपाली आवाज एफएमका संस्थापक अध्यक्ष समेत हुन ।

कालिकोट जिल्लामा जिल्ला कार्य समिति सदस्य समेत रहेका योगी नेपाली कांग्रस केन्द्रिय खेलकुद बिभागको केन्द्रिय सदस्यको जिम्मेवारी समेत बहन गरिरहेका छन ।

बिगतमा ने.बि.संघको केन्द्रिय सदस्य हुने अबसर आउदा अर्को हिमाली जिल्ला हुम्लालाई दिनु पर्छ भनेर प्रस्ताब गर्ने योगी क्याम्पस र बिश्वबिधालयमा बिभिन्न नेतृत्वदायी भुमिका निर्बाह गरिसकेका योगी लाई यस पटक पाटीको जिम्मेवारी बहन गर्नका लागि प्रस्ताब गरिएको छ । अग्रजहरुको सम्मान र युवाहरुको उचित ब्यबस्थापन क्रियाशिलताका आधारमा नेता कार्यकर्ताको यथार्थ मुल्यांकन गरि नबिनतम रुपमा उर्जाशिल काग्रेस,संगठित र एकताबद्ध कांग्रेस बनाउनका लागि नयाँ बिचार सहित युवा पुस्तालाई स्थापित गराउन युवाहरुको भरोशाको केन्द्रबनाउने र सबै उटाउने कांग्रेस बनाउन सबै जातजाति बर्ग क्षेत्रसंग समन्वय र सहकार्य गरेर नेताको सम्मान युवाहरुको ब्यबस्थापन र कार्यकर्ताको संरक्षण गर्दै बिपक्षीहरुका लागि कुशल संगठकको रुपमा युवा तथा बौद्धिक नेता योगी समन्वय कारी मियोको रुपमा काम गर्न सक्ने र द्धन्द्ध ब्यबस्थापन संगठन ब्यबस्थापन र क्षमता बिकासकालागि र नयाँ नयाँ बिचार दिन सक्ने स्नातकोत्तर सकेर बिधावारिधीको तयारीमा लागेका योगी हिन्दु धर्मको संरक्षणका एक राष्टिय अभियन्ताका रुपमा समेत परिचित र स्थापित योगी बहुआयामिक र बहुप्रतिभाशाली प्रखर र स्पष्ट युवा नेता तथा सामाजिक अभियन्ताका रुपमा राष्टिय रुपमा परिचित योगीको बिभिन्न निकाय संग असल सम्बन्ध रहेको छ । 

स्थानिय पालिका र प्रदेश सभामा एक कार्यकाल दोश्रोमा कर्णाली प्रदेशमा पदाधिकारी सहित तेश्रो चरणमा केन्द्रमा समेत राजनैतिक पहुँच बिस्तार गर्दै युवाहरुलाई नेतृत्व हस्तातरण र पुस्तान्तरण गर्दे संगठित र सबल जिबन्त कांग्रेस बनाउनका लागि आपत्तकालिन राहत लगायत बिशेष दिर्धकालिन योजनाहरु  संचालनका लागि बिशेष पहल गर्ने योगीले बताए । प्रदेश ख का ५ वटा पालिकाका ४५ वटा वडा मा संगठन निर्माणको बिशेष योजना दुई महिनाको १ पटक अनिबार्य पदाधिकारी सहितको मोबाईल बैठक,गुनाशा सुनुवाई संयन्त्र निर्माण क्रियाशिल प्राप्त गर्न नसकेका लागि क्रियाशिल बितरण, नेपाल शिक्षकसंघ,नेपाल महिला संघ नेपाल तरुणदल,नेपाल बिधार्थीसंघ,नेपाल किसान संघ नेपाल दलित संघ लगायत सबै भातृ तथा शुभेच्छुक संस्थाको अबिधेशन पुर्नगठन,र्पुर्नजीबन लगायतका कार्यहरु संचालन गरि प्रदेश निर्बाचन क्षेत्र समन्वय परिचालन सम्पर्क कार्यालय स्थापना गर्ने डिजिटल माध्धामबाट कार्यालयलाई ब्यबस्थित गर्ने प्रबिधि मैत्री पाटी बनाउने योजना रहेको र वडा र पालिकाका आधारमा आएका सिफारिस लाई प्रक्रिया लिने र समान अबसरका लागि पहल गर्ने ।द्धन्द्ध प्रभाबित र पिडित कांग्रेस परिवारको थप पहिचान गरि उचित राहत र ब्यबस्थापनका लागि सम्बन्धित निकायमा बिशेष पहल गरि बिशेष राहत प्याकेज संचालन गर्ने ।अन्य पाटीबाट नेपाली कांग्रेसमा प्रबेश गर्ने नेताहरुको बीधानको परिधी भित्र रहि उचित सम्मान र ब्यबस्थापन गर्ने उनले बताए  ।

 ५ बर्षे नेपाली कांग्रेस संगठित र सुदृढीकरण कार्ययोजना निर्माण र बार्षिक रुपमा समिक्षा सहित पुनरालोकन गर्ने परिपाटीको बिकास गर्ने ।म होइन हामी हाम्रा होइन राम्राका लागि र पिडितका लागि अबसर प्रदान गर्ने एक ब्यक्ति एक पदको अबधारणा बिकास गर्ने लगायतका थुप्रै योजना रहेका छन । लोकतान्त्रिक पाटीमा प्रतिस्पर्धा हुनुस्वभाबिक हो तर निकट भबिश्यमा हुने स्थानिय,संघिय र प्रदेशको निर्बाचनमा नेपाली कांग्रेस पाटीलाई एकताबद्ध बनाएर जिताउने र भाचिएका र कुडिएका मन मिलाउने महान अबसरका रुपमा अबिधेशनलाई लिनु पर्ने र अन्तिम समय सम्म सहमतिको प्रयास गरिने जिल्ला भरिनै सहमति गरेर एकताको सन्देश दिएमा जस्तोसुकै महागठबन्धन गरे पनि नेपाली कांग्रेस लाई पराजित गर्न नसक्ने हुँदा सहमतिको प्रस्ताब गरिएको हो नेपाली कांग्रेस पाटीको बिधानले सबै नेता लाई अटाउन सक्ने क्षमता अनुसार जिम्मेवारी लिन र दिन सकिने हुँदा पालिका प्रदेश र जिल्ला तहमै सहमतिको प्रबल सम्भाबना रहेको र सहमतिका लागि समिति हरु बनेर प्रयास थालिएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर