Breaking News

खाद्य, सडक, ईन्टरनेट लगायतका माग राख्दै नागरिक अधिकार संरक्षण केन्द्रले बुझायो प्रशासनलाई ज्ञापन पत्र ।।

Sep Fri 2021 10:53:15

194 views

खाद्य, सडक, ईन्टरनेट लगायतका माग राख्दै नागरिक अधिकार संरक्षण केन्द्रले बुझायो प्रशासनलाई ज्ञापन पत्र ।।

रुकुम योगी, बाजुरा 

जिल्लाको कोल्टी क्षेत्रमा ४ वटा स्थानिय तहका नागरिकहरु विभिन्न सेवा सुविधावाट वञ्चित हुदै आउको भन्दे आज नागरिकह अधिकार संरक्षण केन्द्र बाजुराले जिल्ला प्शासन कार्यालय वाजुरामा त्रापन पत्र बुझाउको छ ।  ४ वटै स्थानिय तहका नागरिकहरु विभिन्न सेवा वाट वञ्चित हुदै गएका र  वर्षाको समयमा विभिन्न ठाउँमा गएको पहिरोका कारण र विधुत सेवा नहुँदा विभिन्न सेवा सुविधावाट वञ्चित हुदै हुँदा विभिन्न समस्या समाधानका लागि आज नागरिक अधिकार संरक्षण केन्द्रका अध्यक्ष  सपृलाल गिरीले सहायक प्रमुख जिल्ला अधिकारी समिर कुमार भण्डारीलाई ज्ञापन पत्र बुझाउनु भउको छ ।

ज्ञापन पत्रमा भनिएको छ, बुढीनन्दा नगरपालिकाको कोल्टी वजारमा रहेको खाद्य संस्थान डिपो कार्यालयमा चामल सकिएको एक महिना वितिसकेको छ । तर यस प्रति कसैको चासो गएको देखिदैन । नेपालीहरुको महान चाडपर्व दशैँ तिहार नजिकीए सँगै देशका विभिन्न जिल्लामा सुपथ मुल्य संचालन भएका छन । तर वाजुराको कोल्टीमा सुपथ मुल्य पसल संचालन त परको कुरा हो यहाँ भएको खाद्य डिपोमा चामल सकिदा नागरिकहरुले वजारमा चर्को मुल्यमा चामल किन्न वाध्य भएका छन ।

यसका लागि जिल्ला प्रशासन कार्यालय वाजुराले आवश्यक पहल गरि चामल ढुवानिमा सहयोग गरि नागरिकहरुलाई चामल उपलब्ध गराउन पहल गरिदिनु हुन आग्रह गर्दछौ । मार्तडी कोल्टी सडक खण्ड अवरुद्ध भएको लामो समय वितिसक्दा पनि सडक संचालन हुन सकेको छैन । जसका कारण कोल्टी वजारमा सामानको मुल्य आकासिदै गएको । उपभोक्ता मारमा परेका छन । साथै धम्कने देखि विरसैन सम्म चल्ने जिप सेवामा पनि जिप चालकले चर्को भाडा असुल्ने गरेको जन गुनासो आईरहेको वेला यसको अनुगमन गरि दिनु हुन समेत आग्रह गर्दछौ ।

साथै कर्णाली करिडोर स.चालनमा समेत आवश्यक पहल गरिदिनुहुन अनुरोध गर्दछौ । बुढीनन्दा नगरपालिका लगायतका क्षेत्रमा मोवाईल नेटवर्कको मसस्या रहेको छ । नियमित टावर नआउदा नागरिकहरु विभिन्न कुरावाट पीडीत वनेका छन । कोही विरामी हुँदा गाडी वोलाउन, आफन्तलाई दवर गर्न समेत समस्या भएको छ । साथै इन्टरनेटको गति पनि कम भएको हुँदा विभिन्न अनलाईनका कामहरु ग्र्न निकै समस्या भएको छ । यसको लागि पनि आवश्यक पहल गरिदिनु हुन आग्रह गर्दछौ ज्ञापन पत्रमा भनिएको छ ।

जिल्ला स्थित सम्पुर्ण पत्रकार नागरिक समाजका अगुवा लगायतको उपस्थितीमा त्रापन पत्र बुझाइएको हो । ज्ञापन पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी समिर कुमार भण्डारीले समस्याहरुको समाधानका लागि आफुले जतिशक्दो चाँडो पहल गर्ने बताउनु भएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर