Breaking News

लटरम्म फलेको स्याउ चुल्लुले खाएर नष्ट गरेपछि बुढीनन्दा नगरपालिका ८ का किसान निरास ।।

Sep Tue 2021 01:50:58

81 views

लटरम्म फलेको स्याउ चुल्लुले खाएर नष्ट गरेपछि बुढीनन्दा नगरपालिका ८ का किसान निरास ।।

रुकुम योगी, बाजुरा-

बाजुराको पुर्वी उत्तरी क्षेत्रको बुढिनन्दा नगरपालिका वडा न ८ को लमालबाँडा गेडा गाउँ का किसानले बारीमा लगाएकोे स्याउ चुल्लुले खाएपछि किसान चिन्तित भएका छन । किसानले बारीमा २५ सय भन्दा बढि स्याउका विरुवा रोपेर वरीमा लटरम्म फलिरहेको वेला चुल्लुले खाएर नष्ट गर्न थाालेपछि किसान चिन्तीत बनेका हुन ।

अलिकति भएपनि स्याउ लगाएर फलेर बजारतिर लिएर घरखर्च त टर्छ भन्ने आसा लिएक किसानको  स्याउ फुल्ने बेला सबै किसान थिए तर फलेर पाक्ने समय सुरु भएसंगै चराले स्याउको दाना खाएपछि सबै सोच हराएको किसानको दुखेसो रहेको छ । किसानले आफ्नो बारीमा केही आम्दानी होला अनि घरखर्च चलाउनु पर्ला भनी किसानले आफ्नो बारीमा रोपेको  स्याउ पाक्ने समयमा चराले खाएर स्याउका दाना चुल्लुले  प्वाल पारेर जमिन भरी झरेको देख्दा किसान चिन्तीत वनेका हुन ।

चुल्लुले खाएर स्याउ नष्ट गर्न थालेपछि आफ्नो मेहनत खेर गएको बुढिनन्दा नगरपालिका वडा न ८ का किसान धन बहादुर कठायतले बताउनु भयो । हामी किसानले अरु कुनै उपाय नभए पछि केही घरको खर्च लागि भएपनि  बारीमा स्याउ लगाएका थियौ । तर लगाएर हुर्काएर ठुला ठुला बोट बनाएर जसो तसो फलेर अब बजार लिएर बिक्री गर्नु पर्यो भनेर आसामा बसिरहेको बेला चुल्लुले खाएर नष्ट गरेको कठायतले बताउनु भयो ।

रुखमा स्याउ रातो हुन नपाउदै अचानक खै कताबाट आएका चुल्लुले सखाफ बनाएपछि घर खर्च चलाउने सबै आस भरोसा हराई सकेको बुढिनन्दा नगरपालिका वडा ८ का अर्का स्थानीय डबल कठायतले बताएका छन ।

स्याउ लगाएर केही आम्दानी गर्नका लागि धेरै नभएपनि अलिकति भएपनि स्याउ लगाएको थिए तर सानो बोट रोपेर ठुला हुदा सम्म मेहनत गरेर हुर्काईयो स्याउ पनि राम्रो फलेको थियो खुसी नै लागेको थियो तर स्याउका दाना राताराता हुन नपाउदै चुल्ल आएर खाएपछि सबै खुसी नै हराएको बुढिनन्दा नगरपालिका वडा न ८ का स्थानीय गोपाल कठायतले जानकारी दिएका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर