Breaking News

जुम्लामा किसानले मकै वालि भालुले सखाप पार्न थालेपछि किसान रातभर जाग्राम ।।

Sep Tue 2021 01:46:39

181 views

जुम्लामा किसानले मकै वालि भालुले सखाप पार्न थालेपछि किसान रातभर जाग्राम ।।

जुम्ला-

मकै पाक्ने याम शुरु भएसँगै जुम्लाका किसान यतिबेला भालु भगाउन रातभर जाग्राम बस्न थालेका छन् । बारीमा लगाएको मकैबाली जोगाउन उनीहरु रातभर जाग्राम बस्ने गरेका हुन् । जुम्लाको तिला गाउँपालिकाका किसान बारीमा पाक्न लागेको मकै सुरक्षित गर्न रातभर बारीमै जाग्राम बस्ने गरेको बताउँछन् ।

तिला–६ का स्थानीयवासी नरिमान रावतले भने, ‘भालुले मकै सखाप पार्न थालेपछि किसान मकैबारीमै बस्न थालेका छन ।’ यहाँको प्रमुख बाली भनेकै मकै हो । मकै उत्पादन भएको खण्डमा खान समस्या हँदैन । यही मकै भालुले सकाउन थालेपछि किसान चिन्तित छन् ।  भालु भगाउनका लागि हरेक बारीमा तर्साउने वस्तु राखिएको छ । भालु आउने बाटो पहिचान गरेर पासो थाप्नेदेखि भाँडाकुँडा बजाएर भगाउने काम स्थानीयले गरिरहेका छन् ।

कहिलेकाहीं थाल र जस्तापाता बजाएर भालु बारीमा पस्न नदिने प्रयास गरिरहेको स्थानीयवासी बताउँछन् । भालुका कारण उनीहरुलाई बारीमा एक्लै हिँड्न समेत सकस हुने गरेको छ । एक त अन्नबाली उत्पादन कम हुन्छ । त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन् । अधिकांश किसानले खेतबारी वरिपरि मान्छेजस्तै ‘भ्याउने’ बनाएर राख्ने गरेका छन् ।

पछिल्लो समयमा भालुको तीव्र चहलपहल बढेपछि किसानले जंगल नजिकैको बारीमा खेती गर्न समेत छाडेको स्थानीयवासी रावतले बताए । दिउँसो मानिसको चहलपहल हुने भएकाले भालु बारीमा पस्न डराउँछ । रातिको समयमा बारीमा बस्छ । बारीमा कुकुर बाँधेर राख्ने, मकैबारीमा पाल टाँगेर बस्ने गरिएको छ । अहिले किसानलाई मकै बचाउन सकस छ ।

वर्सेनी भालुले बालीमा नोक्सानी पु¥याउन थालेपछि गाउँका केही स्थानीयवासीले मकै बाली नै लगाउन छाडेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर