बुढीनन्दा नगरपालिका वडा नं. १ कोल्टी तल्लो वजार नजिकै सेरकोटमा १ जना यूवक मृत अवस्थामा भेटिएका छन ।
आज साँझ तिर बुढीनन्दा नगरपालिका १ की स्थानिय महिला आफ्नो खेतमा घाँस काट्न जाने क्रममा कोदो वारीमा यूवक मृत अवस्थामा फेला परेको देखेपछि प्रहरीलाई खवर गरिएको हो ।
कन्चनपुर घर भएका यूवक बुढीनन्दा नगरपालिका वडा नं. २ का रहेको सुजन वोर्डिङ्क स्कुलमा पढाउदै आएका थिए ।
उनको के कति कारणले हत्या भएको हो भन्ने विषयमा लासको पोर्टमार्टम गरेपछि थाहा पाउन सकिने ईलाका प्रहरी कार्याल कोल्टीले जनाएको छ ।
मृतक रेग्मीका आफन्तलाइ फोन गरि खवर गरिएको छ भने लासलाई प्राथमिक स्वास्थ्य चौकी कोल्टीमा राखिएको छ ।
2 weeks ago
3 weeks ago
4 months ago