Breaking News

नेपाली काग्रेंस कालिकोट ७ औँ जिल्ला अधिवेसनमा मेरो उम्मेदवारी सह सचिवमा ः यूवा नेता नरेश बम ।।

Sep Sat 2021 03:57:52

106 views

नेपाली काग्रेंस कालिकोट ७ औँ जिल्ला अधिवेसनमा मेरो उम्मेदवारी सह सचिवमा ः यूवा नेता नरेश बम ।।


रुकुम योगी, कालिकोट

नेपाली काग्रेंस कालिकोटका जिल्ला कार्य समिति सदस्य तथा यूवाहरुका ढुकडुकी यूवा नेता नरेश बमले नेपाली काग्रेंसको ७ औँ जिल्ला अधिवेसनमा फुले जिल्ला कार्य समिति सह सचिवमा उम्मेदवारी दिने बताएका छन । उनले सामाजिक संजालमा ७ औँ जिल्ला अधिवेनमा आफु सह सचिव पदमा उम्मेदवारी दिने तयारीमा रहेको उल्लेख गरेका छन ।

नेपाली काग्रेंस वाट निर्वाचित सान्नि त्रिवेणी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष समेत रहेका यूवा नेता नरेश बमले नेपाली काग्रेंस पार्टिमा रहेर आफुले गरेको त्याग , वलिदान र पार्टि संगठनलाई विस्तार गर्नका लागि पुगाएको योगदानको आधारमा आफुले जिल्लाको ७ औँ अधिवेसनमा सह सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।

यूवा नेता बमले भने, देह विकास देखि लिएर राजनितिक नेतृत्वमा समेत यूवाहरुको खाँचो रहेको छ । नेपाली काग्रेंसको १४ औँ महाधिवेसनमा समेत केन्द्रीय स्तरमा यूवा नेताहरु अगाडी बढेका छन । जिल्ला स्तरमा पनि यूवाहरुको आवश्यकता रहेको मैले महशुस गरेको छु ।

नेता बमले, आफु सह सचिव पदमा निर्विरोध हुने समेत दावि गरेका छन । आफ्नो काम र आफुले गरेको भुमिका अनुसार पनि सह सचिव पदमा सबैले आफुलाई सहमति गर्ने विश्वास ब्यक्त गरेका छन । उनले यूवाहरुलाई रोजगारी सिर्जना गर्न देखि लिएर विभिन्न विकास निर्माणमा यूवाहरुलाई नेतृत्व प्रदान गर्नका लागि आफुले सह सचिव पदमा उम्मेदवारी दिने निर्णण गरेको बमले बताए । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर