Breaking News

हिजो मन्दीर भत्काएर हिड्ने मुख्यमन्त्रि आज देवताको आशिर्वाद लिएर गाउँपालिकाको भवन शिलान्यास गर्दै ।।

Sep Tue 2021 10:17:54

118 views

हिजो मन्दीर भत्काएर हिड्ने मुख्यमन्त्रि आज देवताको आशिर्वाद लिएर गाउँपालिकाको भवन शिलान्यास गर्दै ।।

रुकुम योगी, कालिकोट

कर्णाली प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको फेरी सामाजिक संजालमा आलोचना हुन थालेको छ । १० वर्ष जनयूद्धको बेला देवि देवता मान्नु हुदैन भनेर लगाईएका देवि देवताका मठ मन्दीर भत्काएर हिड्ने मुख्यमन्त्रि महेन्द्र बहादुर शाही आजकाल देवि देवता प्रति बढि आस्था राख्न थालेका छन ।

 

मंगलवार पचाल झरना गाउँपालिकाको भवन शिलान्यास गर्दा त्यहाँको कुल देवता पचालाको धामीले मुख्यमन्त्रिलाई आशिर्वाद दिएपछि मुख्यमन्त्रि शाहीले गाउँपालिकाको भवनको शिलान्यास गरेका हुन । एक हप्ता देखि गृह जिल्ला कालिकोटमा विभिन्न कार्यक्रममा ब्यस्त रहेका मुख्यमन्त्रि शाही मंगलवार गाउँपालिकाको भवन शिलान्यास गर्ने क्रममा देवताको धामीवाट आशिर्वाद लिएपछि सामाजिक संजालमा चर्को आलोचना भएको छ । 


सामाजिक संजालमा विभिन्न ब्यक्तीले लेखेका छन , हिजो देवि देवता मान्नु हुदैन भनेर मन्दी भत्काउने माओवादिका नेता आज सत्तामा पुगेपछि त देवि देता चाहिदा रहेछन भन्ने विश्वास कहाँ वाट आयो । यदि देवि देवता मान्नु नै थियो भने हिजोका दिनमा बनाएर मन्दरिहरु किन भत्काईयो भनेर प्रश्न समेत गरेका छन । 


यो भन्दा अगाडी बडिमालिका मन्दरि दर्शन गर्न जाँदा हेलीकप्टर प्रयोग गरेको भनेर कालिकोटवासिले चर्को विरोध गरेका थिएर तयो विरोध सेलाउन नपाउदै आज गाउँपालिकाको भवन शिलान्यास गर्ने क्रममा धामीलाई पतुर्न लगाएर आशिर्वाद लिएर शिलान्यास गरेको भन्दै चर्को आलोचना गरेका छन ।


नेताहरुले देवि देवता मान्नु वा भौति संरचनाको शिलान्यास गर्दा देवताको आशिर्वाद लिनु नौलो कुरा त हैन तर हिजो देवि देवता मान्नु हुदैन भनेर मनदीर भत्काउने, नागरिकहरुले मन्दीरमा पुजा गर्न नदिने  नेताहरुले आज आफुै धामीको आशिर्वाद र देवि देवताको पुजा गर्न थालेपछि जनयूद्धको समयमा बोलेका कुराहरु नेताहरु विर्षदै गएको नागरिकहरुले बताउने गरेका छन ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर