Breaking News

पीसविनको सामाजिक लेखा जोखा सम्पन्न , गत आर्थिक वर्षको असाढ सम्म १३ करोड बढि खर्च ।।

Sep Mon 2021 09:15:43

696 views

पीसविनको सामाजिक लेखा जोखा सम्पन्न , गत आर्थिक वर्षको असाढ सम्म १३ करोड बढि खर्च ।।

पीसविनको लेखाजोखा कार्यक्रम कोल्टीमा एक कार्यक्रमका विच सम्पन्न सम्पन्न भएको छ । गत आर्थिक वर्ष २०७७।०७८मा बाजुरा जिल्लाका ९ वटै स्थानिय तहमा विभिन्न परियोजना मार्फत गरेका क्रियाकलापहरु तथा खर्च विवरण सरोकारवाला समक्ष प्रश्तुत गरेको छ ।

पीसविनका केन्द्रीय उपाध्यक्ष विर्जन बहादुर शाहीको अध्यक्षतामा संचालन भएको कार्यक्रमाको प्रमुख अतिथि हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्ल रहनु भएको थियो ।

वार्षिक प्रतिवेदन प्रश्तुत गर्दै पीसविन महासचिव लालविर नाथले.गत आर्थिक वर्षमा पीसविनले बाजुरामा १२ वटा परियोजना संचालन गरेर  १३ करोड बढि खर्च भएको  जानकारी दिनुभयो । उहाँले बाजुरा जिल्लामा सुरक्षित गर्भपतन सेवा, सामुदायिक विकास कार्यक्रम, महिनावारी स्वच्छता दिवस सम्वन्धि परियोजना, महिला स्वास्थ्य परियोजना, सम्पुर्ण परियोजना, स्थानिय अधिकार परियोजना, छाउपडि प्रथा विरुद्धको अभियान, झोलुंगे पुल निर्माण लगायतका परियोजनामा बाजुरामा गत आर्थिक वर्षमा १३ करोड ९ लाख रकम खर्च भएको बताउनु भयो ।

सन २०२१ को कुल वजेट १५ करोड ८८ लाखमा मा उक्त रकम खर्च भएको वाँकी रहेको रकम पौँस महिना सम्म खर्च गरिसक्ने बताउनु भयो । कार्यक्रममा उपस्थित विभिन्न ब्यक्तिका गुनासो तथा प्रश्नको जवाफ  परियोजना संयोजकहरुले दिनु भएको थियो ।

बोल्दै बुढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढाले नगरपालिकाले विभिन्न संघ सस्थासँग समन्वय र सहकार्य गरेर अगाडी बढरिहेको बताउनु भयो । उहाँले पसिविनले गरेका हरेक क्रियाकलपाहरु जनतामुखि रहेका र त्यसवाट नागरिकहरुले प्रत्यक्ष लाभभ पाउदै आएको बताउदै आगामी दिनमा नगरपालिकाले पीसविन लगायतका संघ संस्थासाग समन्वय गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाउनु भयो उहाँले अन्य पािलकामा संचालन भएका केहि कार्यक्रम पनि यस नगरपालिकामा संचालन गरिदिन आग्रह गर्नुभएको छ ।

यस्तै हिमाली गाउँपालिका उपाध्यक्ष र जगन्नाथ गाउँपालिका उपाध्यक्षले पसिविनले गर्ने हरेक कार्यक्रमका तथा योजनामा गाउँपालिकाले पुर्ण रुपमा सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले बाजुराका विकट पालिकामा पनि कृषि, स्वास्थ्य, भौतिक निर्माण र कोभिड १९ सँग लड्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनु भयो ।

कार्यक्रमा प्रमुख अतिथि हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्लले स्थानिनय सरकारपीसविन लगायतका संघ संस्थासाग समनवय र सहकार्य गरिरहेको र आगामी दिनमा पनि सहकार्य र समनवय गर्न तयार रहेको बताउनु भयो । उहाँले एउटा गाउँपालिकाको विकासीय वजेट भन्दा पीसविनले गरेको खर्च बढि रहेको बताउदै आगामी दिनमा गाउापालिकाको गाउँ सभा हुनुभन्दा अगाडी नै पीसविनले गर्ने क्रियाकलापहरुका वारेमा जानकारी गराउन आग्रह गर्दै पीसविनसँग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताउनु भयो । उहाँले पीसविनलाई अव भौतिक निर्माणमा समेत विशेष जोड दिन आग्रह गर्नुभएको छ ।

कार्यक्रमको समापन गर्दै पीसविनका केन्द्रीय उपाध्यक्ष विर्जन शाहीले पीसविन एउटा गाउँ वाट सुरु भएर आज देशभर पुग्नुमा सबैको साथ सहयोग र सुझावले मात्र सम्भव रहेको बताउनु भयो । उहाँले पीसविनलाई आगामी दिनमा पनि आफ्नो कार्यक्षेत्र थप फराकीलो बनाउन सबैको साथ सहयोग र सुझाव सललाहको आवश्यक रहेको बताउनु भयो ।

कार्यक्रमको संचालन रेडियो बाजुराका स्टेशन म्यानेजर कृष्ण वलीले गर्नुभएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर