Breaking News

नेकपा एमाले पचालझरना गाउँपालिकामा अगुवा भेला सम्पन्न एैनबहादुर शाहीको संयोजकत्वमा ७५ सदस्यि नंया कमीटी गठन

Sep Sun 2021 03:29:49

89 views

नेकपा एमाले पचालझरना गाउँपालिकामा अगुवा भेला सम्पन्न एैनबहादुर शाहीको संयोजकत्वमा ७५ सदस्यि नंया कमीटी गठन

कालिकोट —

नेकपा एमाले पचालझरना गाउँपालिकामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

नेकपा एमाले जिल्ला कमीटी सचिवालय सदस्य दक्षीणा शाहीको अध्यक्षता, नेकपा एमाले प्रदेश कमिटि सदस्य धिरबहादुर बमको प्रमुख आतिथ्यता, शिक्षक संगठनका नेता पंखबहादुर शाही, नेपाल कर्मचारी संगठनका जिल्ला सचिव परेक बहादुर शाही र अनेरास्ववियुका केन्द्रिय सदस्य रविन्द्र बहादुर शाहीको विषेश आतिथ्यतामा भेलाको उद्घाटन गरिएको नेकपा एमाले पचालझरनाले जनाएको छ ।

यस्तै भेलाले एैनबहादुर शाहीको संयोजकत्वमा ७५ सदस्यि गाउँ कमिटि चयन गरिएको छ । उपाध्यक्षमा धनसिंह कठायत, बल सेजुवाल, सचिवमा रेशम वोहोरा ,उप सचिवमा मोतिमा न्यौपाने र कार्यालय सचिवमा रबि न्यौपाने गरी जम्मा ७५ सदस्यि कमिटिको गठन गरिएको जनाइएको छ ।

भेलामा विभिन्न पार्टी परित्याग गरी एक दर्जन नेता कार्यकता नेकपा एमालेमा प्रवेश गरेका छन । प्रवेश गर्नेमा भेलाको संचालन कलबहादुर बमले गरेका थिए ।

भेलामा नेताहरुले नेकपा एमालेमा रहेको अवसारवादी झुण्डहरु वाहिर िसकेकाले नेकपा एमाले शुद्ध र अब्बल बन्दै अगाढी बढ्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर