Breaking News

काग्रेंस नेता विष्टद्धारा ७ औँ जिल्ला अधिवेसनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा ।।

Sep Sat 2021 12:44:53

287 views

काग्रेंस नेता विष्टद्धारा ७ औँ जिल्ला अधिवेसनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा ।।

रुकुम योगी, कालिकोट ।।


नेपाली काग्रेंसका यूवा नेता तथा पार्टि प्रबक्ता नगेन्द्र विष्टले नेपाली काग्रेंसको ७ औँ जिल्ला अधिवेसनमा जिल्ला कार्य समिति सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेपाली काग्रेंसका यूवा नेता तथा पार्टि प्रबक्ता समेत रहनु भएको नेता विष्टले न्यूज संचार डटकम सँग कुरा गर्दै जिल्लाको ७ औँ जिल्ला अधिवेसनमा सचिव पदका लागि आफ्नो उम्मेदवारी रहने बताउनु भएको हो । 

उहाँले जिल्लाको छैटौँ जिल्ला अधिवेसनमा समेत सचिव पदमा उम्मेदवारी दिएको भएपनि उहाँलाई सचिव पदमा हराइएको थियो । उहाँले पुःन पनि सचिव पदका लाग उम्मेदवारी दिने बताउनु भएको हो । नेपाली काग्रेंसलाई कालिकोट जिल्लामा चलायमान राख्नका लागि नेपाली काग्रेंसको संगठन विस्तार देखि लिएर आगामी निर्वाचनमा नेपाली काग्रेंसलाई विजयी गराउनका लागि आफुले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको विष्टले बताउनु भयो । 

पुर्व पत्रकार समेत रहनु भएका नेता विष्ट नेपाली काग्रेंसका आवद्ध रहेर प्रेस यूनियनको जिल्ला अध्यक्ष देखि लिएर ट्रेड युनियनको जिल्ला अध्यक्ष समेत रहनु भएको थियो । उहाँले आफुले नेपाली काग्रेंस पार्टिमा गरेको योगदान , पार्टिको संगठन विस्तार देखि लिएर निर्वाचनमा समेत आफुले खेलेको भुमिकाले नेपाली काग्रेंस पार्टिलाई ठूलो फाईदा पुगेको विष्टको भनाई छ । 

उहाँले अफु सचिव पदमा रहेर नेपाली काग्रेंसमा देखिएको गुट उपगुट देखि लिएर आन्तरिक विवादलाई समेत मेटेर लिने र सबैलाई एक ढिक्का बनाएर नेपाली काग्रेंसलाई जिल्लाकै पहिलो पार्टि बनाउने आफ्नो राजनितिक लक्ष्य रहेको बताउनु भयो । उहाँले विपी कोईरालाको सिद्धान्त वोकेर नेपाली काग्रेंसमा आवद्ध भएको र उहाँकै सिद्धान्तका आधारमा कालिकोटको विकास र समृद्धिका लागि आफ्नो भुमिका रहने बताउनु भयो । 

नेता विष्टले युवाहरुलाई रोजगारी सुनिश्चित गर्नका लागि, कृषि क्षेत्रमा आधुनिक कृषि प्रणाली लागु गर्नका लािग, जिल्लाको गरिवि अन्त्यका लागि र आम नागरिकहरुको अवश्यकतालाई पुरा गर्नका लागि विगत देखि नै जागिर छोडेर राजनितिमा अग्रसर भएको बताउनु भयो । उहाँले कुनै निकायमा जागिर खाएर आफ्नो र परिवारको पेट पाल्ने काम मात्र हुने र नागरिकहरुको सेवा तथा विकास निर्माणमा समय दिन नसकिने हुँदा आफ्नो भन्दा पनि जिल्लामा रहेका गरिव परिवारहरुको पेट पाल्नका लागि आफु राजनितिमा आएको बताउनु भयो । 

राजनितिमा आईसकेपछि नेतृत्वको पनि उत्तिकै आबश्यक पर्ने हुँदा नेतृत्व लिनका लागि जिल्ला सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेको र यसपालि नेपाली काग्रेंसका आम नेता तथा कार्यकर्ताहरुहले आफुलाई सचिव पदमा सहमतिका आधारमा नै चयन गर्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले जिल्लाको ७ औँ जिल्ला अधिवेसनलाई चुनाव रहित सर्वसहमतिका आधारमा नेतृत्व चयन गर्ने तयारीमा नेता कार्यकर्ता लागिपरेको बताउनु भयो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर