चिन र भारतको यूद्ध भएको बेला भारत पराजित भएर फर्किने क्रममा भारतले कालापानि क्षेत्रमा आफुलाई केहि समयको लागि वस्ने ठाउँ दिनका लागि माग गरेपछि नेपालले केहि समय बस्न दिने निर्णय गरेको तर भारतलाई नसुम्पेको ईताहासमा लेखिएको नेकपा एमालेका सुदुरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले, बताउनु भयो । पछि भारतले आफ्नो भुमि हो भनेर बक्जा गरेको तर कोहि नेताले पनि भारतसँग लडेर फिर्ता ल्याउने आट नगरेको नेता थापाले बताउनु भयो ।
राष्टवादि भनियका राजा महेन्द्रले समेत फिर्ता ल्याउन नसकेको नेपाली भुभाग पार्टि अध्यक्ष केपी शर्मा ओलीले फिर्ता ल्याएको थापाले बताउनु भयो । उहाँले नेपालको चुच्चे नक्सा छापीनु र यसका लागि पहल गर्नु यो भन्दा ठूलो राष्टवादि काम अहिले कुनै नेताले गर्न नसकेको बताउनु भयो । सिमा विवादका विषयमा भारत विरुद्ध केपी शर्मा ओलीले राखेको अडान र भारतलाई झुकाउने समेत कार्य गर्नुभएका वलिलाई सरकारवाट वाहिर गराएर आफ्नो स्वार्थका लागि विदेशी चलखेलका कारण सरकारवाट ढलाएको बताउनु भयो ।
देशको प्रधानमन्त्री र पार्टिको अध्यक्ष भएर नेतृत्व लिन सक्ने सक्षम नहुने उहाँको भनाई छ । महाकालि तुईन प्रकरण देखि लिम्पियाधुराको सेरोफेरो सिमानालाई सत्ताको सौदावाजि बनाउँदा बेला बेला शिर निहुरायो देशले मेरो विषयक अन्तरक्रिया कार्यक्रम नेता थापाले यि कुराहरु बताउनु भएको हो ।
मानब अधिकार तथा सामाजिक न्याय मंच मानब अधिकार एलाईन्स सुुदुरपश्चिम प्रदेशले आयोजना गरेको जुम कार्यक्रमको अध्यक्षता एलाईन्सका प्रदेश ईन्चार्ज लाल बहादुर वलिले गर्नुभएको थियो भने कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका सुदुरपश्चिम प्रदेसका अध्यक्ष कर्ण थापा रहनु भएको थियो । अतिथिमा संघिय संसद सदस्य गणशे ठगुन्ना, निरु देवि पाल, मान अधिकार एलाईनसका केन्द्रीय अध्यक्ष मिन बहादुर शाही रहनु भएको थियो ।
मानव अधिकार आयोगका केन्द्रीय अध्यक्ष मिन बहादुर शाहीले दार्चुला घटनाका विषयमा निरन्तर रुपमा आवाज उठाईरहने बताउनु भयो । बर्तमान सरकारले लिपुलेक कालापानि र लिम्पीयाधुरामा तत्काल जनगणना गर्ने वातावरण मिलाउनु पर्ने समेत बताउनु भएको छ । उहाँले अव देशका ७ठ वटै जिल्ला र ७ वटै प्रदेशमा एलाईन्सले अधिवेसन गर्ने प्रतेश जिल्लामा मानव अधिकार एलाईन्स गठन गर्ने तयारीमा रहेको बताउनु भयो ।
प्रतिनिध सभा सदस्य निरु देवि पालले महाकालि तथा लिम्पीया धुराको हिसावमा वर्तमान सरकारले शिर निहुराउने गतिविधी गरेको बताउनु भयो । अहिले सरकारमा नेकपा एमाले भएको भए दार्चुला घटनाका विषयमा कठोर निर्णय लिने पालले बताउनु भयो । वर्तमान सरकारले जयशिंह धामिको हत्यारालाई बचाउने र भारतको गुलामि वनेर नेपालीमाथि अन्याय गरेको बताउनु भयो । उहाँले, नेपालीहरुलाई वोल्न समेत प्रतिबन्ध लगाएर नेपाली जनताहरुलाई राजतन्त्रको ब्यबहार गरेको र बर्तमान सरकार विदेशिको ईशारामा चलेको बताउनु भयो । अहिलेको बर्तमान सरकारले नेपाली नागरिकहरुलाई सुरक्षा दिन नसक्ने बताउनु भयो ।
यस्तै सांसद गणेश ठगुन्नाले केपी वलि नेतृत्वको सकरारले नागरिकहरुका आवश्यकता र विकासका लागि गरेका हरेक योजनाहरु अहिलेको बर्तमान सरकारले रोक्ने योजना बनाएको बताउनु भयो । देशकै दुर्गम जिल्ला दार्चुलामा सडक नहुँदा यत्ति ठूलो घटना भईसक्दा वर्तमान सरकारले त्यस क्षेत्रलाई सडक संजालमा जोड्नका लागि कुनै चासो नदिएको र नागरिकहरुलाई सौतेनि ब्यबहार गरेको ठगुन्नाले बताउनु भयो ।
कार्यक्रममा सहभागिहरुले केपी वलि नेतृत्वको सरकारले फिर्ता ल्याएको नेपाली भुमिमा जनगणना गराउन वर्तमान सरकारलार्इृ दवाव दिनु पर्ने बताएका छन । साथै दार्चुला घटनाका दोशिलाई कार्वाहीका लागि सरकारलाई घचघच्याउने र जयशिंह धामिलाई सहिद घोषणा गर्नका लागि सबैले पहल चाल्नु पर्ने बताएका छन ।