Breaking News

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी घोषणा ।।

Sep Thu 2021 03:15:02

66 views

काँग्रेस महामन्त्रीमा विश्वप्रकाश शर्माको उम्मेदवारी घोषणा ।।


 

नेपाली काग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४औँ महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।


आज काँग्रेस संस्थापक नेता बीपी कोइरालालाई आठ वर्षसम्म बन्दी बनाइएको स्थान सुन्दरीजल पुगेर शर्माले उम्मेदवारी घोषणा गर्नुभएको हो ।


शर्माले उम्मेदवारी घोषणा गर्दै काँग्रेसलाई तीनवटा निर्वाचनमा जिताउन महामन्त्रीमा आफ्नो उम्मेदवारी रहेको धारणा राख्नुभयो ।


बीपीले लगातार तीनवटा निर्वाचन जित्दै १५ वर्षमा देशलाई माथि उठाउने सपनाको खाका प्रस्तुत गरेको उहाँको भनाइ थियो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर