Breaking News

१४ जनाको पदमुक्त किन नगरेको भन्दै एमालेद्धारा संसद बैठक स्थगित

Sep Wed 2021 02:54:07

30 views

१४ जनाको पदमुक्त किन नगरेको भन्दै एमालेद्धारा संसद बैठक स्थगित


प्रमुख विपक्षी नेकपा एमालेको अबरोधका कारण संसद बैठक स्थगित भएको छ । नेकपा एमालेले आफ्ना १४ सांसदलाइ पदमुक्त नगरेको भन्दै बैठक चल्न नदिने बताएपछि बैठक स्थगित भएको छ । बैठकमा एमालेका सांसदहरुले सभामुखमाथि प्रश्न उठाउँदै नाराबाजी गरेका थिए ।


प्रतिनिधिसभाको अधिवेशनको पहिलो दिनको बैठक सुरु भएलगत्तै एमाले सांसदहरुले उठेर विरोध गरे । सभामुखले समय दिएपछि प्रमुख सचेतक विशाल भट्टराईले उनले एमालेले कारबाही गरेका सांसदहरुलाई पदमुक्त नगरेको भन्दै सभामुखमाथि नै प्रश्न उठाउनुभयो  । पार्टी फुटिसकेपछि केही गर्नु नपर्ने भनेर निर्णय गरेको भन्दै उहाँले नेकपा एमालेले कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्¥याउन किन सारथिको भूमिका निभाउनु भएको भन्दै प्रश्न गर्नुभयो । 


जवाफमा सभामुख अग्निप्रसाद सापकोटाले पनि आफुले नियम कानुन अनुसारै यसो गरेको भन्दै नियम हेर्न आग्रह गर्नुभएको थियो । एमालेका सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गर्न नछोडेपछि सभामुख सापकोटाले पहिलो बैठक १५ मिनेटको लागि रोक्नुभएको थियो । तर दोस्रो बैठकमा पनि एमाले सांसदहरुले संसदीय मर्यादा कायम गर् भन्दै नारावाजी रोकेनन् । बैठक फेरि दोस्रो पटक पनि स्थगित भएको छ । 


यस्तै एमालेको अवरोधपछि राष्ट्रियसभाको आजको बैठक पनि स्थगित भएको छ । राष्ट्रियसभाको बैठक सुरु हुने वित्तिकै नेकपा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको भन्दै यसले लोकतन्त्र र संविधानमाथि प्रश्न उठेको बताउनुभयो ।


यो विषयको निरुपण नभएसम्म बैठक चल्न नदिने उहाँको भनाइ थियो । त्यसपछि एमाले सांसदहरु सिटबाट उठेका थिए ।राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभाको समस्या प्रतिनिधिसभामा नै निरुपण हुने भन्दै राष्ट्रियसभा सञ्चालन गर्न दिन आग्रह गर्नुभएको थियो, तर सांसदहरुले नमोनका कारण बैठक स्थिगित भयो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर