Breaking News

नेकपा एमाले जगन्नाथ गाउँ कमिटिको बैठक सम्पन्न, कार्तिक ६ गते वडा र ९ गते गाउँ अधिवेसन गर्ने निर्णय ।।

Sep Wed 2021 02:48:07

96 views

नेकपा एमाले जगन्नाथ गाउँ कमिटिको बैठक सम्पन्न, कार्तिक ६ गते वडा र ९ गते गाउँ अधिवेसन गर्ने निर्णय ।।

बाजुरा 

नेकपा एमाले जगन्नाथ गाउँ कमिटिको आठ औँ बैठक मंगलवार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नेकपा एमाले विभाजन पछि पहिलो पटक गाउँ कमिटिको बैठक बसेको हो । बैठकले नेकपा एमालेलाई गाउँपालिकामा थप बलियो वनाउने र संगठन विस्तारलाई ब्यापक बनाउने विषयमा छलफल भएको छ ।


मंगलवार बसेको बैठकले नेकपा एमालेमा आवद्ध सम्पुर्ण सदस्यहरुको सदस्यता नविकरण गर्ने र ब्यबस्थापन गर्ने निर्णय गरेको छ । नेकपा एमाले महाधिवेसन नजिकीदै गर्दा सदस्यता नविकरणलाई ब्यापकता दिने गाउँ कमिटिको ८ औँ बैठकले निर्णय गरेको छ । यस्तै नेकपा एमालेको कार्तिक ६ गते वडा अधिवेसन गर्ने समेत गाउँ कमिटिको बैठकले निर्णय गरेको छ ।


कार्तिक ६ गते जगन्नाथ गाउँपालिकाका सबै वडाहरुमा सर्बसहमतिका आधारमा वडा अिधवेसन गर्ने र सबैलाई समेटेर अगाडी बढ्ने नेकपा एमाले जगन्नाथ गाउँ कमिटिले जनाएको छ । यस्तै कार्तिक ९ गते गाउँँ अधिवेसन गर्ने जनाएको छ । नेकपा एमाले गाउँ कमिटि अध्यक्ष गणेश राज गिरीको अध्यक्षतमा बसेको आठौँ बैठकमा प्रमख अतिथिनेकपा एमालेका जिल्ला अध्यक्ष तथा जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालि बहादुर शाही रहनु भएको थियो ।


अतिथिमा प्रदेश कमिटि सदस्य मिलन खत्रि, जगन्नाथ गाउँपालिकाका ईन्चार्ज तथा सचिवालय सदस्य जनक विष्ट, मन बहादुर विष्ट, कमल धराला, जिल्ला कमिटि सदस्य ऐना गिरी लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।


बैठकमा बोल्दै प्रमुख अतिथि शाहीले नेकपा एमालेको वडा अधिवेसन र गाउँ अधिवेसनलाई सफल पानृका लागि सबै कार्यकर्ताहरु एकजुट भएर  टोलटोलमा केन्द्रीत हुन निर्देशन दिनु भएको छ । उहाँले सबैको सदस्यता नविकरण गर्न , पार्टिलाई बलियो र समावेसिका आधारमा नेतृत्व चयन गर्न समेत आग्रह गर्नुभएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर