Breaking News

कर्णालीका २८९ जना जनप्रतिनिधि माधव नेपालको पार्टीमा

Sep Tue 2021 08:25:50

77 views

कर्णालीका २८९ जना जनप्रतिनिधि माधव नेपालको पार्टीमा

कर्णालीमा नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) दल रोज्ने जनप्रतिनिधिहरुको संख्या बढेको छ । कर्णालीका सात जिल्लाका ७९ वटा स्थानीय तह रहेको कर्णालीमा ०७४ को निर्वाचनमा २९ वटा स्थानीय तहमा एमाले विजयी भएको थियो ।


जसमध्ये ६० प्रतिशत स्थानीय तहका जनप्रतिनिधि एमाले छोडेर समाजवादी रोजेको सो पार्टीका नेताहरुको दावी छ । दल रोज्ने अन्तिम दिन मंगलबारसम्म कर्णालीका सात जिल्लाको मोटो तथ्याङ्क आएको  छ । नेताहरुकाअनुसार नेकपा एमाले छाडेर एकीकृत समाजवादी दल रोज्नेहरूको संख्या २८९ जना पुगेको छ ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार  ११ स्थानीय तह रहेको दैलेखमा ६३ जना जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् । भदौ १८ गते २७ जनाले सनाखत गरेका थिए भने २० गते ३३ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका थिए । मंगलबार अपरान्ह सम्म ६३ जनाले समाजवादीमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय दैलेखले  जानकारी दियो ।

 जिल्ला निर्वाचन कार्यालय सुर्खेतका अनुसार यो जिल्लामा १५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । निर्वाचन अधिकृत निर्मला रेग्मीले अहिलेसम्म पालिकाका प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष कसैले पनि सनाखत नगरेको बताइन् । तर उनले वडाअध्यक्ष र वडा सदस्यहरु भने एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।


जिल्ला निर्वाचन कार्यालय कालिकोटका निमित्त जिल्ला निर्वाचन अधिकृत धनबहादुर मल्लका अनुसार ६५ जना जनप्रतिनिधिहरुले एकीकृत समाजवादीमा सनाखत गरेका छन् ।

हुम्ला निर्वाचन कार्यालयका अनुसार यो जिल्लाका ४ जना वडा सदस्य र १ जना जिल्ला समन्वय समिति सदस्य गरी ५ जनाले एकीकृत समाजवादी रोजेका छन् ।


मुगु जिल्ला निर्वाचन कार्यालय प्रमुख धनबहादुर बडुवालले दिएको जानकारी अनुसार यो जिल्लामा २५ जनाले एकीकृत समाजवादीमा सनाखत गरेका छन् । जसमा एक जना उपाध्यक्ष, पाँच जना वडाअध्यक्ष, १९ जना सदस्य रहेका छन् ।


जुम्ला निर्वाचन कार्यालयका प्रमुख महेश शर्माका अनुसार मंगलबार दिउँसोसम्म एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिको संख्या ४१ जना पुगेको छ ।


सल्यान निर्वाचन कार्यालयका निमित्त सुचना अधिकारी तेजेन्द्र कुमार चन्दले रातोपाटीलाई दिएको जानकारीअनुसार १÷१ जना अध्यक्ष, उपाध्यक्ष, १७ जना वडा अध्यक्ष र ५३ जना सदस्यहरु लगायत ७५ जनाले अहिलेसम्म एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । 

by : ratopati.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर