Breaking News

एमसीसीविरुद्ध विप्लवले गर्यो आन्दोलन घोषणा ।।

Sep Tue 2021 08:17:43

77 views

एमसीसीविरुद्ध विप्लवले गर्यो आन्दोलन घोषणा ।।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसीविरुद्ध आन्दोलन घोषणा गरेको छ ।


मंगलबार नेकपाको केन्द्रीय कार्यालयले भदौ २८ गते काठमाडौंमा बृहत सभासहित साताव्यापी आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।


घोषित आन्दोलनको कार्यक्रमअनुसार बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते एसीसी सम्झौता जलाउने र २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका बेलुन उडाउने रहेको छ ।


विप्लव नेतृत्वको नेकपाले सरकारले यसै साता संसदबाट एमसीसी पारित गर्न षड्यन्त्र गरेको भन्दै राष्ट्रियतामाथि घात र वाक स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने धम्की दिएपछि क्रान्तिकारी शक्ति आन्दोलित बनेको बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर