Breaking News

बुधवार अपराह्न ४ बजे संसद बैठक बस्दै ।।

Sep Tue 2021 08:14:53

73 views

बुधवार अपराह्न ४ बजे संसद बैठक बस्दै ।।


बुधवार अपराह्न ४ बजे संघीय संसद् अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । 


संसद सचिवालयले ब्यक्तिगत दुरी कायम गर्ने गरी सिट ब्यवस्था गरेको, सांसदको बैठक कक्षमा प्रवेश गर्नु अघि तापक्रम नाप्ने, स्यानिटाइजर, मास्क लगायतको व्यवस्थापन गरेको संघीय संसद सचिवालयले जनाएको छ । यो पटक संसद बैठक बस्नु अघि कोरोना परिक्षण भने नगरिने भएको छ ।


सरकारले लकडाउनको अन्त्य गरेर सामान्य अवस्था बनेको र सम्पूर्ण सांसदहरुलाई कोभिड बिरुद्धको दोश्रो मात्रा खोप लगाइएकाले कोरोना परिक्षण नगरिने भएको हो । गत साउन ३२ गते सरकारले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।


सरकारको सिफारिसमा राष्ट्रपति बिद्या भण्डारीले भोलीका लागि संघीय संसद बैठक आह्वान गर्नुभएको हो । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर