Breaking News

कालिकोटका ८२ वटै वडामा नेपाली काग्रेंसको वडा अधिवेशन सम्पन्न , सबै वडा सर्वसहमत नेतृत्व चयन ।।

Sep Tue 2021 08:01:28

276 views

कालिकोटका ८२ वटै वडामा नेपाली काग्रेंसको वडा अधिवेशन सम्पन्न , सबै वडा सर्वसहमत नेतृत्व चयन ।।


कालिकोट


कालिकोटका ८२ वटै वडामा नेपाली काग्रेंसको वडा अधिवेशन सम्पन्न भएको छ । १४ औँ केन्द्रीय महाधिवेशन र  ७ औं जिल्ला अधिवेशनलाई लक्षित गरि काँग्रेसले कालीकोटका ८२ वटै वडामा अधिवेशन सम्पन्न गरेको हो ।


मंगलवार सम्पन्न भएको वडा अधिवेसन सर्वसहमतिका आधारमा नेतृत्व चयन गरिएको पार्टि प्रबक्ता नगेन्द्र विष्टले जानकारी दिनु भयो । उहाँका अनुसार जिल्लाका सबै वडामा सहमतिका आधार नेतृत्व चयन गरिएको हो ।


नेपाली काग्रेंसका नेता तथा कार्यकर्ता यतिवेला महाधिवेसन सम्पन्न गर्नका लागि गाउँ केन्द्रीत भएका छन । नेपाली काग्रेंसको ७ औँ जिल्ला अधिवेसनलाई सर्वसहमितका आधारमा सम्पन्न गर्ने तयारी भईरहेको विष्टले बताउनु भयो ।


पार्टिमा गुट उपगुट नभएर काग्रेंस पार्टिलाई बलियो बनाउने र सक्षम ब्यक्तिलाई जिम्मेवारी दिने तयारी भइरहेको नेता अशोक नाथ योगीले बताउनु भयो । 


जिल्लाको ७ औँ महाधिवेसन वाट निर्वाचित पदाधिकारीले जिल्लामा नेपाली काग्रेंसलाई एक ढिक्का वनाउर लैजाने गरि नेतृत्व चयन गर्ने पार्टि सभापति हर्ष बहादुर बमले बताउनु भयो । 


कालिकोट जिल्लामा सर्वसहमतिका आधारमा नेतृत्व चयन गरेर ७ औँ जिल्ला अबिधसेन सम्पन्न गर्ने र देशलाई नै शन्देस दिने तयारीमा रहेको नेपाली काग्रेंसका यूवा नेता नमराज बमले बताउनु भयो ।


काँग्रेसको २७ गते पालिका, १ गते प्रदेश सभा र ५ गते जिल्ला अधिवेशन हुने जानकारी गराइएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर