Breaking News

रास्कोट नगरपालिकाको वडा नं. ३ मा लवनाथ योगी र २ मा देवनाथ योगी सर्वसहमत सभापतिमा चयन ।।

Sep Tue 2021 07:48:45

269 views

रास्कोट नगरपालिकाको वडा नं. ३ मा लवनाथ योगी र २ मा देवनाथ योगी सर्वसहमत सभापतिमा चयन ।।


कालिकोट

नेपाली काग्रेंसको १४ औँ केन्द्रीय महाधिवेसन र ७ औँ जिल्ला महाधिवेसन अन्तर्गत आज कालिकोटका ८२ वटै वडामा वडा अधिवेसन सम्पन्न भएको नेपाली काग्रेंस कालिकोटले जनाएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा नं. २ र ३ को पनि सर्वसहमतीका आधारमा वडा अधिवेसन सम्पन्न भएको छ । 


रास्कोट नगरपालिका वडा नं. २ मा आज भएको अधिवेसनमा सर्वसहमतका आधारमा देवनाथ योगी सभापतित्वमा २० सदसीय वडा कार्य समिति चयन गरिएको छ । यूवा तथा समाजसेवि योगीले नेपाली काग्रेंसको हितका लागि संगठन विस्तारका विगत लामो समय देखि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको हुँदा सर्वसहमतका आधारमा उहाँलाई सभापतिमा चयन गरिएको बताइएको छ ।


यस्तै वडा नं. ३ मा पनि लवनाथ योगीको सभापतित्वमा २० सदसीय वडा कार्य समिति चयन गरिएको हो । उहाँ पनि विगत लामो समयदेखि नेपाली काग्रेंसमा आवद्ध रहेर नेपाली काग्रेंसको संगठन विस्तारमा लाग्नु भएको थियो । उहाँ यो भन्दा पहिले पनि वडा सभापति हुनुहुन्थ्यो । 


सर्वसहमतका रुपमा वडा अधिवेसन सम्पन्न गर्न पुग्नु भएका जिल्ला कार्यसमिति सदस्य तथा खेलकुद बिभागका केद्रीय सदस्य अशोकनाथ योगीले वडा अधिवेसन मात्र नभएर नगर , प्रदेश र जिल्लाको नेतृत्व चयन सर्वसहमतिका आधार गर्ने तयारीमा नेपाली काग्रेंसका नेता तथा कार्यकर्ताहरु जुटेको बताउनु भयो । 


उहाँले कालिकोटवाट सर्वसहमत रुपमा नेतृत्व चयन गरेर देशलाई नै शन्देस दिने तयारीमा रहेको योगीले बताउनु भयो ।


वडा नं. ३ मा वडा सभापति वल नाथ योगीको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला कार्यसमिति सदस्य तथा खेलकुद बिभागका केद्रीय सदस्य अशोकनाथ योगीको प्रमुख आतिथ्यता, वयबृद्ध तथा समाजसेवि नेपाली काग्रेंसका नेता पदम नाथ योगी, जिले नाथ योगी , प्रेश यूनियन कालिकोटका अध्यक्ष नमराज योगी लगायतका नेता तथा कार्यकर्ताको आतिथ्यतामा सर्वसहमतमा वडा कार्यसमिति चयन गरिएको छ ।


यस्तै क्षेत्रिय प्रतिनिधिमा अशोक नाथ योगी, पदम नाथ योगी, जिलेनाथ योगी, नमराज योगी मिन बहादुर शाही र नन्दलाल जोशि रहनु भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर