बाजुरा
नेपाल कम्यूनिष्ट पार्टि नेकपा एमालेका नेता सुदुरपश्चिम प्रदेश सभा सदस्य वलदेव रेग्मीले वाजुरा जिल्ला प्रदेश नं. क का यूवाहरु तथा नेता कार्यकर्तालाई नअत्तालिन आग्रह गर्नुभएको छ । लामो समयको जिल्ला वाहीर वसेर आज निर्वाचान क्षेत्रमा पुग्नु भएका माननिय रेग्मीले जस्ले पार्टिमा माथि घात गरे उनिहरु नै आफै पछाडी हटेको उल्लेख गर्दै यूवा र नेता कार्यकर्ताहरुलाई नआत्तिन आग्रह गर्नुभएको हो ।
उहाँले अव देश युवाहरुको हातमा रहेको बताउदै नकपा एमाले पार्टिलाई वलियो वनाउनका लागि यूवाहरु लागिपर्नुपर्ने बताउनु भयो । उहाँले आगामी निर्वाचनमा समेत नेकपा एमाले देशको पहिलो पाटि बन्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले, वाजुरा जिल्लामा नेकपा एमाले फाटेर कुनैे असर नपरेको समेत उल्लेख गर्नुभयो ।
यूवा तथा कार्यकर्ता सँगको भेटमा प्रदेश सभा सदस्य रेग्मीले नेकपा एमालेलाई तहस नसह पार्न खोज्ने केहि तत्वहरु आफै तहस नहस भएर साईड लागेको हुँदा अव नेकपा एमाले वाजुरा जिल्लामा मात्र नभए देश भरि फेरी उदाएर जनताको सामु आउने उहाँले बताउनु भयो । अझै पनि वाजुरेली जनताले एमालेलाई चाहेको बताउदै प्रदेश क मा रहेका यूवा तथा नेता कार्यकर्ताहरुलाई जनताको सेवामा समर्र्पीत हुन आग्रह गर्नुभएको छ ।
साथै उहाँले पछिल्लो समय कोरोना भाईरस तेस्रो लहरको जोखिम बढिरहेको बेला नेकपा एमालेले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि आफ्नो क्षेत्रवाट गर्नु पर्ने पुर्ण सहयोग गर्न तयार रहेको बताउनु भयो । उहाँले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि प्रदेश क मा रहेका यूवाहरुले स्वयमसेवक वनेर जनचेतना जोगाउन समेत आग्रह गर्नुभएको छ ।