Breaking News

प्लान नेपालद्धारा कालिकोटलाई लाखौँ मुल्यको स्वास्थ्य सामाग्री सहयोग ।।

Aug Thu 2021 05:56:39

174 views

प्लान नेपालद्धारा कालिकोटलाई लाखौँ मुल्यको स्वास्थ्य सामाग्री सहयोग ।।


नमराज योगी, कालिकोट

प्लान ईन्टरनेश्नल नेपालले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि कालिकोट जिल्लालाई लाखौँ मुलयको स्वास्थ्य सामाग्री सहयोग गरेको छ । 


विहिवार एक कार्यक्रमको आयोजना सदरमुकाम मान्ममा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । जिल्ला विपद ब्यबस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यको अध्यक्षता, जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीको प्रमुख आतिथ्यता, स्वास्थ्य सेवा ब्यबस्थापक रत्नविर सुनार , प्लान ईन्टरनेश्नल नेपालकी क्षेत्रिय प्रमुख मिना पराजुली साझेदार संस्था सादा नेपालका कार्यकारी निर्देशक अशोक नाथ योगी, हुरुन्डेक नेपालका कोषाध्यक्ष दिलिप कुमार शाही, लगायतको आतिथ्यतामा लाखौँ मुल्य पर्ने अक्सिजन क्वान्टेनर, सेनिटाईजर सर्जिकल मास्क, विरामी बेड, एन्टिजेन किट, लगायतका स्वास्थ्य सामाग्री  सहयोग गरिएको हो ।



प्लान नेपालले कालिकोटका ३ वटा स्थानिय तह रास्कोट नगरपालिका, सान्नि त्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा वालवालिकाको क्षेत्रमा काम गर्दै आएको छ । 

नेपालमा कोरोनाको तेस्रो लहरको जोखि बढिरहेका वेला यसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि स्वास्थ्य सामाग्री सहयोग गरिएको प्लान ईन्टरनेश्नल नेपालकी क्षेत्रिय प्रमुख मिना पराजुलीले बताईन । उनले तेस्रो लहरमा बालबालिका बढि प्रभावित हुने स्वास्थ्य विज्ञहरुले भनेको अनुसार बालबालिकालाई कोरोना भाईरस वाट बचाउनका लागि यो सामाग्री सहयोग गरिएको पराजुलीले बताईन । 

उनले विगतमा पनि वाढि पहिरो प्रभावितलाई र पहिलो र दोस्रो लहरको बेला पनि सहयोग गरेको बताउदै आगामी दिनमा पनि साझेदार संस्थासँग समन्वयगरेर सहयोग गर्नेबताइन ।

 

प्लान नेपालले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गरेको यो सहयोग प्रति समन्वय प्रमुख अनिपाल शाहीले धन्यवाद ब्यक्त गरेका छन । उनले कोरोना भाईरसलाई नियन्त्रण गर्नका साथै जिल्ला वासिलाई थप हौसला पनि प्रदान भएको शाहीले बताएका छन ।


प्लान नेपाल जस्तै विभन्न संस्थाले गरेको सहयोगले नै कालिकोटमा कोरोना भयावह नभएको प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताए । उनले कोरोना भाईरसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले मात्र केहि गर्न नसक्ने भएको यस्तै विभिन्न निकायको सहयोगले थप सहज भएको उनले बताए । 


  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर