Breaking News

विक्रीका लागि वजार नपाएपछि नास्पतिवाट जाम बनाउदै ।।

Aug Thu 2021 01:53:34

277 views

विक्रीका लागि वजार नपाएपछि नास्पतिवाट जाम बनाउदै ।।


बाजुरा 

जगन्नाथ गाउँपालिकामा उत्पादन भएको नास्पतिले वजार नपाएपछि कृषकहरुले नास्पतिको जाम वनाउन थालेका छन । जगन्नाथ गाउँपालिकाको वडा नं. ५ मा उत्पादन भएको नास्पतिले वजार नपाएर वारिमै कुहिन थालेको थियो । लटरम्म फलेको नास्पति वजार अभावका कारण वारीमै कुहिन थालेपछि स्थानिय कृषकहरुले घरमै त्यसको जाम वनाउन थालेका हुन । 

वडा नं. ५ का वडा अध्यक्ष प्रकाश बहादुर शाहीको पहलमा कृषि ज्ञान केन्द्र वाजुरा जगन्नाथ गाउँपालिका कृषि शाखाको सहयोगमा जाम वनाउन थालिएको कृषकले बताएका छन । वारीमै कुहिन थालेको नास्पति विभिन्न ठाउँवाट सहयोग मिलेपछि अहिले कृषक खुसि भएका छन । 


कृषकहरुले फलाएको नास्पति वारिमै कुहिएर खेर जान थालेपछि त्यसको जाम वनाएर विक्री गर्ने प्रक्रियामा लागेको वडा नं. ५ का वडा अध्यक्ष प्रकाश बहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार , गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्र बाजुराको सहयोगमा कृषको घरमै जाम वनाउन थालिएको हो । 


बजार नपाएर कुहिन थालेको नास्पतिवाट जाम वनाउन थालेपछि अहिले कृषकहरु पनि खुसि भएका छन । नास्पतिका दाना भन्दा पनि त्यसको जाम वनाएर विक्री गरेमा मनग्य आम्दानि हुने सम्भावना देखिएको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशिले बताउनु भयो । 


नास्पतिको दाना भनदा नास्पतिवाट बनेको जाख खाँदा स्वास्थ्यका लागि फाईदाजनक हुनुका साथै राम्रो ब्यबसाय पनि बन्ने भएको छ । पहिले नास्पतिका दाना बेच्दै आएका कृषकहरु अहिले जाम वनाउन पाएपछि जिविको पार्जन गर्न कठिन नहुने बताएका छन ।


 साथै यसपालि बनाएको जाम ढिलो सम्म घरमै राख्दा पनि कुनै असर नपर्ने भएपनि आवश्यकता अनुसार वजारमा विक्री गर्ने कृषकको भनाई छ । यस पटक उत्पादन गरेको नास्पतिको जाम वाट फाईदा पुगेमा आगामी दिनमा पनि नास्पतीको जाम बनाएर विक्री गर्ने नास्पत खेतिलाई थप विस्तार गर्ने कृषकले बताएका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर