Breaking News

मान्म बजारको आसपासका क्षेत्रमा सरसफाई ।।

Aug Sun 2021 07:19:56

207 views

मान्म बजारको आसपासका क्षेत्रमा सरसफाई ।।

नमराज योगी -कालिकोट

जिल्लाको सदरमुकाम रहेको मान्म बजारलाई सरसफाई यूक्त बजार निर्माण गर्नका लागि आज एक कार्यक्रमका विच सरसफाई गरिएको छ । मान्म बजारका आस पासका क्षेत्रमा रहेको फोहोर बस्तुलाई संकलन गरेर डम्फिङ सेन्टरमा गाडिएको छ ।


वजार आसपासका क्षेत्रमा रहेको फोहोर बस्तुलाई आज नेपाल प्रहरी, ससस्त्र प्रहरी , नेपाली सेना, जनप्रतिनिधि, कर्मचारी, ब्यबसायि  लगायतको उपस्थितीमा आज बजार सरसफाई गरिएको हो । बर्खा सिजनका वजार आसपासका क्षेत्रमा रहेका फोहोर बस्तुले बजारको शोभायमान घटाउनुका साथै विभिन्न रोगहरुले आक्रमण गर्ने हुँदा यसलाई रोक्का लागि बजार सरसफाई गरिएको हो । 


आईतवार विहानै हात हातमा कुच्चो, बिल्चा लगायतका सरसफाईका सााग्री लिएर वजार सरसफाईमा जुटेका हुन । होटल तथा पसलहरुवाट निस्केको कुहिने तथा नकुहिने फोहोर बस्तुलाई संकलन गरेर डम्फिङ सेन्टरमा लगेर जलाइएको छ । 


यसैवित्र नेपाल प्रहरीले वजार आसपास क्षेत्रमा अवैध रुपमा उम्रेको गाँजाका वोटहरु समेत नष्ट गरेको छ । मान्म वजारका आसपासका क्षेत्रमा प्राकृतिक रुपमा उम्रेका गाँजाको वोटहरु नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय कालिकोटको आयोजनामा गाँजाका वोटहरु नष्ट गरिएको प्रहरीले जनाएको छ ।  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर