Breaking News

जगन्नाथको जुड्डी नजिकै गएको पहिरो गाउँपालिकाले स्काभेटर लगाएर पन्छायो ।।

Aug Fri 2021 11:20:29

344 views

जगन्नाथको जुड्डी नजिकै गएको पहिरो गाउँपालिकाले स्काभेटर लगाएर पन्छायो ।।

बाजुरा

जगन्नाथ गाउँपालिकाको जुड्ी नजिकै गएको पहिरो गाउँपालिकाले स्काभेटर लगाएर खुलाएको छ । जगन्नाथ गाउँपालिकाले २ दिन सम्म स्काभेटर मार्फत पहिरो पन्छाएपछि शुक्रवार वाट बाटो खुलेको गाउँपालिकाका सचना अधिकारी राजेन्द्र जोशिले जानकारी दिनु भयो । जगन्नाथ गाउँपालिका भित्र विभिन्न ठाउँमा गएको पहिरो पन्छाएर गाउँपालिकाले सडकलाई संचालन गर्दै आएको छ ।


पहिरोका कारण कर्णाली करिडोर अवरुद्ध हुँदा सवारी साधन ठप्प भएका थिए भने सामान ढुवानिमा सकेत सकस भएको थियो । गाउँपालिकाले आफै डोजर लगाएर पहिरो पन्छाएपछि आजवाट सडक संचालनमा आएको हो । कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो जाने हुँदा वारम्वार सडक अवरुद्ध हुदै आएको छ । नेपाली सेनाले निर्माण गरेको कर्णाली करिडोर आफ्नो काम सकेर सडक विभागलाई हस्तान्तरण गरिसकेको छ भने सडक विभागले पनि अन्यौलता देखाएको छ ।


केहि दिन पहिले मात्र प्रमसख जिल्ला अधिकारी गोपाल कुमारी अधिकारीले कर्णाली करिडोरको अनुमगन गर्नुभएको थियो । अनुगमनका क्रममा गाउँपालिकालाई स्काभेटर प्रयोग गरेर तत्काल सडक सुचारु गर्न समेत निर्देशन दिनु भएको थियो । गाउँपालिकासँग ब्रेकर नभएको हुँदा सडक सुचारु गर्न केहि ढिलाई भएको सुचना अधिकारी जोशिले बताउनु भयो । सडकमा ठूला ठूला ढुंगा आएको हुँदा वकेट मार्फत पहिरो पन्छाउन नसकिने भएपछि सडक सुचारु गर्न ढिलाई भएको उहाँले भयो ।


जगन्नाथ गाउँपालिकाले पहिरो पन्छाएर सडक सुचारु भएपनि कालिकोटको फुगाड खोलामा पुल नहुँदा वर्षाका समयमा सवारी साधन चल्न हम्य हम्य हुने गरेको छ । कर्णाली करिडोर अन्तर्गत फुगाड खोलामा नेपाली सेनाले बनाएको पुल बाढिले बगाएपछि उक्त खोलामा सवारी साधन आवत जावत गर्न निकै समस्या हुने गरेको छ । वर्षा भएको दिन पानिको वहाव बढ्ने हुँदा उक्त खोलामा सवारी साधन संचालन गर्न नसकिने रारा यातायात प्रालिका इन्चार्ज बैकुण्ठ गिरीले बताउनु भयो । बर्षाको समयमा ठाउँ ठाउँमा पहिरो जाँदा कर्णाली करिडोर वारम्वार अवरुद्ध हुन थालेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर