Breaking News

कालिकोटमा तपाईको मास्क खै ? अभियान संचालन ।।

Aug Fri 2021 02:03:04

157 views

कालिकोटमा तपाईको मास्क खै ? अभियान संचालन ।।


नमराज योगी 

कालिकोटमा कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय । प्रहरी कार्यालय कालिकोटको आयोजनामा आज तपाईको मास्क खै अभियान संचालन गरिएको छ । देशभरि कोरोनाको तेस्रो लहर चलिरहेका बेला कालिकोट जिल्लामा तेस्रो लहरवाट अछुतो रहन नसक्ने र जिल्लामा कोरोना संक्रमण दर न्यूनिकरण नभएको भन्दै तपाईको मास्क खै अभियान संचालन गरिएको हो । 


आज एक कार्यक्रमका विच प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचाकर्मी  राजनितिक दल लगायतको सहभागितामा मान्म वजारमा तपाईको मास्क खै अभियान संचालन गरिएको हो । कोरोना भाईरसवाट बच्न र बचाउनका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड मध्य मास्क पहिलो प्राथमिकता रहेको भन्दै मास्क लगाउने वानि बसाल्नका लागि जनचेतना जोगाउनका लागि यो अभियान संचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्यले बताउनु भयो ।


उहाँले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सबैले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गर्दै निषाधाज्ञाको समेत पालना गर्न सबैमा अपिल गर्नुभएको छ । अनावश्यक काम वाहेक भिडभाड र हिडडुल नगर्न भेला गोष्ठि जस्ता कार्यक्रम नगर्न पनि उहाँले आग्रह गर्नुभएको छ । जिल्लामा कोरोना नियन्त्रण नआएकाले निषेधाज्ञा समेत श्रावण मसान्त सम्म थप गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर