कालिकोट
जिल्लाको रास्कोट नगरपालिकामा माथिवाट खसेको ढुंगा लागेर गम्भिर घाईतेका भएका १३ वर्षका वालकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । रास्कोट नगरपालिका वडा नं. ८ का कर्ण विकका छोरा कुशल विक ढुंगा लागेर गम्भिर घाईते भएका हुन ।
वडा नं. ९ बहेलडाडा रोडमा हिडिरहेको वेला रोडभन्दा माथिवाट आएको आएको ढुंगा लागेर वालकको छाति र खुट्टामा गम्भिर चोट लागेको उनका आफन्तले बताएका छन । आफन्तका अनुसार रास्कोट हस्पिटलमा उनको उपचार हुन नसकेपछि नेपाली सेनाको हेलिकप्टर मार्फत आज सुर्खेत लगिएको हो ।
1 month ago