Breaking News

कोल्टीमा रहेको आयूर्वेदमा लापर्वाही भएको भन्दै प्रदेशका क का यूवाले बुझाय प्रजिअ लाई ज्ञापन पत्र ।।

Aug Mon 2021 05:35:35

192 views

कोल्टीमा रहेको आयूर्वेदमा लापर्वाही भएको भन्दै प्रदेशका क का यूवाले बुझाय प्रजिअ लाई ज्ञापन पत्र ।।


बुढीनन्दा नगरपालिका वडा नं. १ मा रहेको आयूर्वेद औषाधलयले सेवाग्राही उचित सेवा प्रवाह नगरेको भन्दै प्रदेश नं. क का यूवाहरुले हिजो प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन ।

कोल्टीमा रहेको आयूर्वेद औषाधलयले लाई विगतमा राम्रो सेवा दिदै आएको भएपनि केहि समय यता कार्यालयमा डाक्टर नहुने र ४ वटा पालिकाका मात्रै नभएर कालिकोट, हुम्ला  र मुगु जिल्लाका समेत विरामीहरु औषधि उपचार गर्न आउदा कार्यालयमा कसैलाई नभेटाएपछि निरास हुदै घर फर्किने गरेको भन्दैहिजो प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीलाई ज्ञापन पत्र बुझाएका हुन ।


स्वास्थ्य सेवा प्रवाह गर्ने संस्थामा नै कार्यालय समयमा कर्मचारी नहुने र भएका कर्मचारीले पनि आफ्नो निजि औषधि पसल खोलेर पसलमा बसिरहदा सेवाग्राहीलाई निकै समस्या हुने गरेको र आयूर्वेद सम्म आईपुगेका सेवाग्राही कार्यालयमा कोहि नभेटिएपछि फर्किने गरेका छन । ज्ञापन पत्रमा भनिएको छ ।


लामो समयदेखि कोल्टी आयूर्वेद औषाधलयमा यस्तै यस्तै समस्या उत्पन्न हुन थालेको जन गुनासो आईरहेको छ । कार्यालय प्रमुखलाई विच विचमा जानकारी गराउदा पनि  अफिसमा कमै मात्रामा बस्ने र आफ्नो ब्यक्तिगत काममा बढि चसो दिने गरेको हुँदा सेवाग्राही मर्कामा परेका छन । यसरी कार्यालयमा नबसेर निजि क्लिनीकमा बसेर औषधि बेच्ने गरेको र सेवाग्राहीलाई चर्को मुल्यमा आफ्नो क्लिीनवाट आयूर्वेद औषधि विक्री गर्ने गरेको हुँदा सम्वन्धित निकायले समयमै यसको अनुगमन गरि दोषि माथि कानुनी कार्वाही गर्न सम्विन्धित निकायको ध्यानकर्षण गराउँदछौँ । ज्ञापन पत्रमा भनिएको छ ।


साथै दोषिलाई कानुनी कार्वाही नगरेमा थप संघर्षका कार्यक्रम गर्ने समेत बताएका छन । उक्त आयूर्वेद औषाधलयको अनुगमन गरेर दोषिलाई कार्वाही गरिने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनु भयो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर