Breaking News

तिन वटै सरकारको आवश्यक समन्वय र सहकार्य नहुँदा योजना पारदर्शि रुपमा कार्यन्वयन हुन नसकेको अध्यक्ष फडेराको भनाई ।।

Jul Sat 2021 08:25:37

206 views

तिन वटै सरकारको आवश्यक समन्वय र सहकार्य नहुँदा योजना पारदर्शि रुपमा कार्यन्वयन हुन नसकेको अध्यक्ष फडेराको भनाई  ।।

हुम्ला, अदानचुली गाउँपालिका 

संघ, पदेश र स्थानिय सरकारको एक आपसको समन्वय र सहकार्य नहुँदा करोडौका योजनावाट नागरिकहरुले लाभ पाउन नसकेको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेराले बताएका छन । संघ र प्रदेश सरकारवाट पारित भएर आउने योजनाहरु लाभग्राहीले नपाउने गरेको फडेराले बताए । उनले संघ र प्रदेशका योजना नेता कार्यकर्ताका आसेपासे र ठूलावडाहरुको हातमा पर्ने हुँदा गरिव नागरिकहरुले पाउन नसकेको गाउँपालिका अध्यक्ष फडेराले बताए ।


संघ र प्रदेश सरकारवाट करोडौमा योजनाहरु आउछन । उनले भने,  न त ति योजनाहरु पारदर्शि रुपमा कार्यन्वयन हुनछन् । नत नागरिकहरुले ति योजनावाट लाभ पाउँछन । कहाँ वाट वजेट आउँछ ,कहाँ खर्च हुन्छ भन्ने जानकारी समेत नागरिकहरुले नपाउने गरेको फडेराले बताए । देशको विकास र समृद्धिका लागि तिन वटै सरकारले एक आपसमा समन्वय र सहकार्य गरेर काम गरेमा मात्र समृद्धि हासिल गर्न सकिने उनले बताए ।


प्रदेश र संघ सरकारवाट विभिन्न योजनाहरुका आउने वजेट तथा योजनाहरु गाउँपालिकाको गाउँसभा अगाडी नै जानकारी प्राप्त हुन सकेमा असार मसान्तको विकासलाई अन्त्य गर्न सकिने र लाखौँ रकम फ्रीज जान वाट समेत रोक्न सकिने उनले बताए । प्रदेस र संघ सरकारका योजनाहरु बैशाख जेष्ठमा मात्र सम्झौता हुने र असार मसान्त सम्म पनि काम नहुने हुँदा असारे विकासको नाम र कामलाई अन्त्य गर्न नसकिएको उनले स्विकार गरेका छन । उनले भने, प्रदेश र संघ सरकारले समयममा वजेट पठाउँदैन, सम्झौता पनि आर्थिक वर्षको अन्त्यमा गर्छ । अनि काम कसरि छिटो हुन्छ । उहि पुरानै असारे विकास लागु नभएर अरु के हुन्छ । 


स्थानिय सरकारले संचालन गरेका योजनाहरु चैत मसान्त सम्म सम्पन्न भइसकेका हुन्छन् । प्रदेस र संघ सरकारले बैशाख तिर सम्झौता गर्छ र कार्यन्वयन गर्छ अनि कसरी पारदर्शि र योजना टिकाउ हुन्छन । यो त कार्यकर्ता पाल्ने काम मात्र भएको छ । जनताले चुनिसकेपछि जनताको अपेक्षा अनुसार काम गर्नुपर्छ । जनताको आवश्यकता अनुसार काम गर्नुपर्छ । प्रदेश र संघ सरकारले जनताको आवश्यकता अनुसारका योजनाहरुमा रकम विनियोजन गर्नुपर्छ । आफ्ना कार्यकर्ता र ठूलावडाले भनेको आधारमा योजना छनौट गर्नु हुदैन । स्थानिय सरकारले पठाएका योजनाहरुमा प्रदेश र संघ सरकारले अहिले सम्म रकम विनियोजन नगर्ने गरेको समेत दुखेसो पोखेको छन ।


उनले आफु गाउँपालिकाको अध्यक्ष पदका लागि चुनाव लड्ने बेला जारी गरेको घोषणा पत्रमा उल्लेख गरिएका हरेक शब्दहरु पुरा गर्दै गएको अध्यक्ष फडेराले बताएका छन । उनले घोषणा पत्र घोषणा पत्रमा मात्रै सिमित नभएर कार्यन्वयनमा लिएको र नागरिकहरुको सल्लाह र सुझावका आधारमा निति तथा कार्यक्रम ल्याउने गरेको अध्यक्ष फडेराले बताएका छन । 




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर