Breaking News

बुढीनन्दा नगरपालिका ३ सिराडीका स्थानिय इन्टरनेट सेवा बाट वञ्चित ।।

Jul Thu 2021 10:58:31

1033 views

बुढीनन्दा नगरपालिका ३ सिराडीका स्थानिय इन्टरनेट सेवा बाट वञ्चित ।।

धन बहादुर बोहोरा बाजुरा 

बाजुरा जिल्लाको पुर्वी उत्तरी क्षेत्रको बुढिनन्दा नगरपालिका वडा न ३ सिराडी डाँडाबाडा जैलु नुरी भुल्याना तलिगोठी लगाएका ठाउँमा नेपाल टेलिकमले जोडेको 4G सेवाबाट स्थानीय बासी बन्चित भएका छन । नेपाल टेलिकम देशभरि 4G सेवा सुचारु गरिसकेको भएपनि बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानीय बासीले कहिले सम्म घरमै बसेर देशविदेशमा भएका आफन्तजन संग अनलाइनबाट कुरा गर्न बिरसैन जानू पर्छ हामीले आफ्नै घरमा बसेर कहिले पनि पाउदैन भने लागि रहेकोले थाहा छैन तर नेपाल टेलिकमले नेपालको कुना कन्दरा सम्मका जनतालाई इन्टरनेटको सहज गराउने भने पनि अहिले सम्म सिराडी डाँडाबाडा जैलु नुरी भुल्याना तलिगोठीका स्थानीय भने नेपाल टेलिकमको 4G सेवा पाउनबाट बन्चित भएको दुखेसो गर्नु हुन्छ बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानीय धनकृष्ण कामीले बताउनु भएको छ । उहाँका अनुसार अहिलेको विषम परिस्थितिका बेला देशभर लकडाउनको समय छ विद्यालय बन्द छन तर अनलाइन कक्षा संचालन भईरहेका छन सिराडीमा पनि 4G नेट चलेको भए केटाकेटीलाई पढ्न सजिलो हुने थियो तर त्यो पनि छैन अब यहाँका स्थानीयले कहिले 4G नेट चलाउन पाउछन् यो सपना नदेख्दा पनि हुन्छ बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानीय कामीले बताए । 4G नेट चलेको भए आफ्ना आफन्तसंग घररै बसेर सजिलै संग कुरा गर्न पाइन्थ्यो तर नेपाल टेलिकमले पुर्वी उत्तरीको कुण्डा क्षेत्रमा 4G सेवा सुचारु गरेपनि केही ठाउँमा 4G को त कुरा नै छोड्नु होस 2G पनि नेट चल्दैन नेपाल टेलिकमको विज्ञापन सुन्दा त ७७ वटै जिल्लामा 4G सेवा सरर भनेको थियो तर हाम्रो ठाउँमा त 2G पनि चल्दैन नेपाल टेलिकमले भनेको कहिले हुन्छ सपना देखे जस्तो मात्र भएको बुढिनन्दा नगरपालिका वडा न ३ का स्थानीय मन बहादुर बोगटीले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर