Breaking News

काेडवाडा सदरमुकाम मान्म जाेड्ने केवुलकार बन्ने

Jul Mon 2021 11:58:59

54 views

काेडवाडा सदरमुकाम मान्म जाेड्ने केवुलकार बन्ने
कालिकाेटकाे नरहरिनाथ गाउँपालिकाकाे वडा नम्वर १ काेडवाडा सदरमुकाम मान्म जाेड्ने केवुलकार बन्ने भएकाे छ ।

साेमवार कालिकाेट जिल्लाका स्थानीय तहका प्रमुखहरूकाे उपस्थितिमा कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा मुख्यमन्त्री प्रमुख अातिग्यता र कर्णाली प्रदेश सरकारको आयोजनामा कोडवाडा मान्म केवलकार सम्भाव्यता अध्ययनको प्रतिदिन माथि छलफल कार्यक्रम सम्पन्न भएको छ।

यस आयोजनाको जम्मा लागत ९४ करोड ४९ लाख ९ सय १५ रुपैया लाग्ने छ। यसको लम्बाइ २ हजार १ सय ३४ मिटर र उचाइ ८ सय २९ मिटर हुनेछ भने प्रति सेकेन्ड ८ मिटर हिड्ने र एक घण्टामा २ सय जना आउन जान पाउने छन् ।

यस्तै एक ठाउँबाट अर्को ठाउँमा जान १० मिनेट लाग्नेछ ।

कार्यक्रममा माननीय मुख्यमन्त्री महेन्द्र वहादुर शाही,भौतिक मन्त्री अमर वहादुर थापा,प्रमुख सचिव गणेश पाण्डे,प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर सर्पराज खड्का,सदस्य दिपेन्द्र रोकाय कालिकोटका ९ वटै स्थानीय तहका प्रमुखको उपस्थित थियाे ।

यो आयोजना संचालनमा आएपछि जनताले यातायातको सेवा पाउनुका साथै पर्यटन क्षेत्रको विकास प्रवर्द्धन भै जनताको आर्थिक अवस्था परिवर्तन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर