Breaking News

पार्टी जोगाउन एकतामा फर्कन नेपाल पक्षका नेता कार्यकर्तालाइ ओलीको आग्रह ।।

Jul Sun 2021 02:29:00

179 views

पार्टी जोगाउन एकतामा फर्कन नेपाल पक्षका नेता कार्यकर्तालाइ ओलीको आग्रह ।।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउनको लागि एकतामा फर्कन बरिष्ठ नेता माधब कुमार नेपाल पक्षका नेताहरुलाइ आग्रह गर्नुभएको छ ।


नेपाल महिला संघको आजको भर्चुअल बैठकमा ओली नेता नेपाल प्रति आक्रामक देखिनुभयो ।


नेपालले पार्टी ध्वस्त बनाएको भन्दै नेपालको आलोचना गर्नुभयो । ओलीले एमाले पार्टीलाई जोगाउन नेपाल समूहमा रहेका नेता कार्यकर्ताहरुलाई फर्कन आग्रह गर्नुभयो । नेपालको पछि लागेर आफ्नो भविष्य सखाप नपार्न भन्दै अध्यक्ष ओलीले उनीहरुलाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ ।


पार्टी विरोधी षडयन्त्रको चक्रबाट बाहिर निस्कन कार्यकर्ताहरुलाई ओलीले आग्रह गर्नुभयो । नेपाल समूह सत्तारुढ गठबन्धनबाट नबाहिरिएसंगे ओली नेपालप्रति थप आक्रोशित हुनुभएको छ ।  



यसैबीच, नेकपा एमालेबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुले विघटित कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अबिलम्ब कार्यान्वयनको माग गरेका छन् ।


आज १० सदस्यीय विघटित कार्यदलका नेताहरूसँगको छलफलपछि लिखित प्रस्ताव पारित गर्दै सांसदहरुले १० बुँदे कार्यन्वयनको नेतृत्व लिन आग्रह गरेका हुन् । 


केपी ओली र माधव नेपाल दुवै समूहका सांसदहरूको सहभागिता रहेको छलफलको संयोजन यज्ञराज सुनुवारले गर्नुभएको थियो ।


पार्टी एकताको लागि पारित गरेको १० बुँदे प्रस्तावले एमालेका आन्तरिक समस्या समाधान गरि पार्टी एकता गर्न सकिन्छ भन्ने साझा बुझाइ आफूहरूको रहेको सांसद सुनुवारले बताउनुभयो  ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर