Breaking News

काँग्रेसका सांसद श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त ।।

Jul Sun 2021 02:26:31

102 views

काँग्रेसका सांसद  श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त ।।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । 


प्रधानमन्त्री देउवाले देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैसँग राखेर आज  सांसद उमेश श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 


श्रेष्ठ निजी विद्यालय सञ्चालक हुनुहुन्छ ।  यसअघि, सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन हिसानका संस्थापक अध्यक्ष समेत रहिसक्नु भएको छ ।


थुप्रै व्यवसायमा लगानी गर्नुभएका श्रेष्ठलाई नेपाली काँग्रेसले समानुपातिक तर्फको कोटामा सांसद बनाएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर