Breaking News

गौमुल गाउँपालिकाका आरन पेशालाई व्यवस्थित बनाईदैं ।।

Jul Sun 2021 02:18:37

128 views

गौमुल गाउँपालिकाका आरन पेशालाई व्यवस्थित बनाईदैं ।।

रमित विक, बाजुरा 

“धुम्रमान, मदिरापानको खर्च कटाऔं, नियमित बचत गरी आम्दानी बढाऔं” भन्ने मुख्य नाराका साथ गौमुल गाउँपालिका–६ टुनीमा सञ्चालित कोपिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वडामा रहेका आरन व्यवसायीलाई व्यवस्थित गदैं लैजाने भएको छ । परम्परागत रुपमा रहेको आरन व्यवसायलाई आधुनिक रुपमा अगाडी बढाई व्यवस्थित गर्ने भएको छ । 


आरन व्यवसायलाई आधुनिक रुपमा अगाडी बढाउन गौमुल गाउँपालिकासंगको सहकार्यमा थप व्यवस्थित गदैं लैजाने अध्यक्ष रमित विकले बताउनुुभएको छ । परम्परागत रुपमा बालीघरे प्रथामै आफ्नो श्रम साट्ने गरेका कारण उतm कुरालाई परिवर्तन गरी अब फरक तरिकाबाट आरनहरुलाई सञ्चालन गरिने अध्यक्ष विकको भनाई रहेको छ ।


परम्परादेखि नै आरनको काम गरे वापत अन्नपातमै चित्त बुझाउने गरेका टोलका आरन व्यवसायीले अब परिश्रम गरे वापत शुल्क लिने भएका छन् । आजबाट संयुतm आरन उद्योगीहरुले काम गरे वापत प्रत्येक औजारको शुल्क लिने गरी सहकारीले निर्णय गरेको सचिव तिलक विकले जानकारी दिनुभएको छ ।


प्रत्येक औजारहरु निमार्ण गरेमा अबबाट शुल्क लिने भएका छन् । दिनभर मिहिनेत गरेर थोरै अन्नपातमा मात्र चित्त बुझाउनुपर्ने अवस्थालाई परिवर्तन गदैं अबबाट प्रत्येक औजारहरु निमार्ण गरे वापत रकम लिने गरी शुल्क सहकारीले निर्धारण गरेको छ । 


करिव ३ जना भन्दा बढी जनशतिm प्रयोग भई दिनभर फलाम पिटेर औजारहरु निमार्ण गर्नुपर्ने हुन्छ तर अन्तिममा आएर अन्नपातमा नै चित्त बुझाउनुपर्ने परम्परागत प्रवृत्तिको अन्त्य हुनुपर्ने स्थानीय आरन व्यवसायी धन बहादुर विकले बताएका छन् । 


एक दिन लगाएर कोइलाहरु जलाएर ल्याउनुपर्ने हुन्छ, अर्को दिन दिनभर फलाम पिटेर औजार निमार्ण गर्नुपर्ने हुन्छ तर पनि परिश्रम गरे बमोजिम आफुहरुले परिश्रमको फल नपाएको गुनासो आरन व्यवसायीहरुको छ ।


मर्मत गरिएका औजार पुनः मर्मत गर्दा आँसीको २५ रुपियाँ, कोदालीको ५० रुपियाँ, बन्चरोको ८० रुपियाँ र कुटोको २० रुपियाँ शुल्क लिने निर्णय गरिएको छ । त्यस्तै अन्य औजारहरु निमार्ण गरे वापत आपसी समझादारी अनुसार शुल्क लिईने निर्णय सहकारीले गरेको छ । 


विगतदेखि अन्नपातमै चित्त बुझाउने गरेका उनीहरुले अबबाट प्रत्येक औजारको शुल्क लिने भएका छन् । आरन व्यवसायीहरुले परिश्रम गरे बमोजिमको फल नपाउदा आक्रान्त बनेका उनीहरुले सहकारीले गरेको निर्णयको स्वागत गरेका छन् । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर