कन्चनपुर
कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ।
आइतबार निर्मलाका बुवा यज्ञराज पन्त र आमा लक्ष्मी पन्तले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् । निर्मलाका बुवा यज्ञराज पन्तले निर्मलाको हत्यारा सार्वजनिकका लागि आज प्रशासन मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको बताए।
नागरिक संघर्ष समितिकी संयोजक मिना भण्डारीले तीन समयवितिसक्दा पनि वास्तविक हत्यारा लुकाएकै कारण पत्ता नलागेको बताईन्। ज्ञापन पत्र बुझाउँदै निर्मलाका बाबु यज्ञराज पन्तले देशमा नयाँ प्रधानमन्त्री आएकाले न्यायको आशा पलाएको बताए। संयोजक भण्डारीले साँझ दिप प्रज्वलन गरिने बताईन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डबारे अनुसन्धान जारी रहेको जनाएको छ। निर्मला हत्याकाण्ड बारे विगतमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट अनुसन्धानका लागि आएका प्रहरी उपरीक्षक उमा चर्तुरबेदीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी प्रमुखको जिम्मेबारी पाएकी छन्। उनले निर्मला हत्याकाण्डलाई आफुले पहिलो प्राथमिकतामा राखेर अनुसन्धान गर्ने बताएकी छन् ।