Breaking News

विरेखोलाको झरना आन्तरिक पर्यटकको रोजाईमा, अटो ब्यबसायिलाई मनग्य आम्दानी ।।

Jul Sun 2021 02:04:12

97 views

विरेखोलाको झरना आन्तरिक पर्यटकको रोजाईमा, अटो ब्यबसायिलाई मनग्य आम्दानी  ।।


बाजुरा 

जिल्लामा पछिल्लो समय अटो व्यवसायीहरुको पछिल्लो केही समयदेखि मनग्य आम्दानी कमाउन थालेका छन् । जिल्लामा संचालन हुदै आएका अटो व्यवसायीहरुले बडीमालिका नगरपालिका–८ मा पर्ने बिरेखोलाको झरना हेर्न जाने आन्तरिक पर्यटकलाई ओसार पसार गर्दा दैनिक रुपमा मनग्य आम्दानी गर्न थालेका हुन् । जिल्लामा दुई वर्ष देखि व्यवसायिक रुपमा  ९ वटा अटोहरु संचालन भइरहेका छन् ।


अघिल्लो वर्षको तुलनामा यो वर्ष आम्दानीमा वृद्धि भएको अटो चालक रुपक थापाले बताएका छन् । उनले भने–पछिल्लो समयमा विरेखोला झरना व्यवस्थित भएपछि  सोही कारणले व्यवसायमा आम्दानी बढेको बताए । अटो व्यवसायीलाई आम्दानी हुनुको मुख्य कारण बिरेखोला झरना रहेको उनको भनाई रहेको छ ।


बिरेखोला झरनामा दिन प्रतिदिन आन्तरिक पर्यटनको भीड लाग्ने गरेको छ । आन्तरिक पर्यटनले भरीभराउ हुने बिरेखोला झरना जानको लागि छोटो दुरीमा जीप कम संख्यामा चल्ने भएपछि अटो व्यवसायीहरुले यात्रु धान्न सकस परि रहेको अटो चालक रुपक थापाले बताए । जिल्लाको सदरमुकाम मार्तडी देखि करिव ६ किलोमिटर रहेको बिरेखोला झरना प्रति यात्री रु ८० रुपैयाका दरले भाडा लिने गरेका छन् ।


दिन प्रतिदिन आन्तरिक पर्यटन पुग्ने गरेका छन् । बिरेखोलामा शनिबारमा आन्तरिक पर्यटकहरुको घुइचो लाग्नेल गरेको छ । विदाको समयमा सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी,व्यापारी र स्थानीय लगायतले विरेखोला झरनाको अवलोकन गर्ने गरेका बडीमालिका नगरपालिकाले जनाएको छ । केही मात्रामा बाह्य पर्यटक समेत आउने बिरेखोला झरनामा गरेको छन् । बिरेखोला झरनामा राज्यले थप व्यवस्थित गरिदिए आन्तरिक तथा बाह्य पर्यटकको वृद्धि हुनेमा स्थानीयको विश्वास रहेको छ ।


बडिमालिका नगरपालिका ८ मा रहेको उक्त झरनामा नगरपालिका र डिभिजन वन कार्यालय बाजुराको सहयोगमा पर्यटकहरुका लागि पुल लगायतका कार्य व्यवस्थित बनाइएका छन् । नगरपालिका र डिभिजन वन कार्यालयले पैदल बाटो, आवतजावत गर्ने काठे पुल र सो क्षेत्रमा फलामे बार बनाएर व्यवस्थित बनाएको गरेको भएपनि थप व्यवस्थापन गर्नुपर्नेमा होटल व्यवसायीक बीरबहादुर थापाले बताए ।


अटो ब्यवसायीहरुले दिनमा ८ देखी १० हजार सम्म आम्दानी हुने गरेको अटो चालक थापा  बताउँछन् । जिल्लामा पहिलो पटक जिल्लामा संचालन हुदै आइरहेको पीसविन बाजुराले अटो ब्यवसासयदलाई तालिम दिलाउन जिल्ला बाहिर पठाएर जिल्लामा अटो संचालनमा आएको थियो । पीसविनको सहयोगमा जिल्लाका केही युवाहरुले अटो संचालन गरेपछि जिल्लाका केहि युवाहरुले पनि अटो संचालनमा ल्याएका थिए ।


अटो व्यवसायीले अहिले मासिक रुपमा करिव एक लाख ५० हजार आम्दानी गर्ने गरेको थापा बताउनुहुन्छ । जिल्लामा पछिल्लो समय अटो व्यवसायमा युवाहरुको आकर्षण बढ्दो । जिल्लाका युवाहरुले एकपछि अर्को हुदै अटोहरु संचालन गर्दै युवाहरु व्यवसायी बन्दै गएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ताजा खबर