नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटको यही साउन २३ गते महाधिवेशन हुर्दै छ ।
काँग्रेसको नेतृत्व आफ्नो दाउँमा पार्नका लागि नेता कार्यकता जिल्ला केन्द्रीत भएका छन् । यसैका विचमा काँग्रेसका युवा नेता मीनबहादुर बोगटीको पनि उम्मेदवारी रहने भएको छ । उनको उम्मेदवारी कुन पदमा हुने भन्ने निश्चित नभएको भएपनि उनी अहिले नेता कार्यकतासंग सरसल्लाहमा जुटेका छन् ।
लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भएका मीनबहादुर बोगटी अहिले आफ्नो उम्मेदवारी रहने तर कुन पदमा भन्ने निश्चित नभएको बताउछन् । उनले भने, पाटीलाई चुस्त दुरुस्त बनाउन पुराना नेताको सम्मान गर्नका लागि पनि अहिले काँग्रेसको जिल्ला नेतृत्वमा युवाहरु आउनुपर्ने हुन्छ ।’
जिल्लाको नरहरिनाथ गाउँपालिका साविकको रुप्सा गाविसमा विःस २०२८ सालमा बुवा नैनबहादुर सहकारी र आमा विष्णुदेवि सहकारीका कोखबाट जन्मिएका बोगटी सानै उमेरदेखि काँग्रेसको राजनीतिमा सक्रिय रहेका छन् ।
उनी २०४८ सालमा नेपाल विद्यार्थी संघ कालीकोटको काठमाण्र्डौ सम्पर्क समितिको संस्थापक अध्यक्ष भएका थिए । उनी २०५५ सालमा नेपाल तरुण दलको प्रचार विभागका केन्द्रीय सदस्य हुन् । अहिलेपनि नेपाली काँग्रेस तरुण विभागका केन्द्रीय सदस्य, नेपाली काँग्रेस जिल्ला कार्य समिति कालीकोटका सदस्य रहेका छन् ।
उनी गत स्थानीय तह निर्वाचनमा नरहरिनाथ गाउँपालिकामा नेपाली काँग्रेसबाट पराजीत भएका थिए । उनी रेडियो मालिका, मालिका संचार सहकारी संस्था र ग्रामिण विकास तथा प्रयावरण संरक्षण मञ्च भिडिसेफ नेपालका अध्यक्ष समेत हुन् ।by ekarnalipati.com